आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, यी चार राशीलाइ शुभफल

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २५ पुस ।

आज सन् २०२० को यो पहिलो चन्द्रग्रहण लाग्दै छ । आज स्वास्थनी पूर्णिमाको दिन उपछाँया चन्द्र ग्रहण लाग्दैछ ।
जसमा चन्द्रमा पूर्ण रुपमा लुक्ने छैन, न त चन्द्रमाको कालो छायाँ पृथ्वीमाथि पर्नेछ । आंशिक छायाँ चन्द्रमा ग्रहण पूर्ण र आंशिक चन्द्र ग्रहणभन्दा पनि कमजोर हुनेछ । त्यसैले यसलाई स्पष्ट रुपमा देख्न भने सकिँदैन ।

आजको चन्द्र ग्रहण राति १० बजेर ५२ मिनेटदेखि प्रारम्भ भएर राति २ः५७ बजेसम्म ४ घण्टा ५ मिनेटसम्म चल्नेछ ।
यसपटकको चन्द्र ग्रहण नेपालसँगै भारत, एशिया, यूरोप, अफ्रिका तथा अष्ट्रेलिया महाद्वीपहरुका थुप्रै देशहरुबाट देख्न सकिनेछ।

सन् २०२० मा सबै भन्दा बढी ग्रहणको योग परेको छ । सन् २०२० मा चार वटा चन्द्र ग्रहण र दुई वटा सुयै ग्रहण लाग्दैछन् । २०२० मा लाग्ने अन्य ग्रहण ५ जुन, ५ जुलाई र ३० नोभेम्बरमा पनि लाग्ने छन्। भने सुर्य ग्रहण २१ जुन र १४ डिसेम्बरमा लाग्दै छ ।
कुन राशिमा कस्तो फलः

शुभ फल कुम्भ, तुला, मीन, कर्कट

मध्यम फलः मेष, कन्या, मिथुन, सिंह

अशुभ फलः मकर, वृश्चिक, वृष, धनु
यो वर्ष १५ दिनको अन्तरमा यो दोस्रो ग्हण हो । पुस १० गते खण्डग्रास सुर्यग्रहणलागेको थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।