तीन किलो नक्कली सुनसहित भारतीय नागरिक पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ पुस ।

तीन किलो नक्कली सुनसहित काठमाडौंबाछ भारतीय नागरिक पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले बिहान गोङ्गबु नयाँ बसपार्कबाट ।

तीन किलो नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई पक्राउ गरेको हो ।

नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरिएको वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए ।
पक्राउ परेका गुजरातीलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको लम्सालको भनाई छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।