मलेसियामा दुर्घटनामा परि दुई नेपालिकाे मृत्यु

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर, २४ पुस ।

क्वालालम्पुर स्थित एयरपाेर्ट जाने राजमार्गमा कार दुर्घटनामा परि दुई नेपालिकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा काठमान्डाैं घर भई मलेसिया स्थित निलाईमा गाैरि शंकर रेष्टुरेन्ट सञ्चालन गर्दै आएका राजु श्रेष्ठ र सुर्खेत घर भएका रमेश पाेखरेल रहेका छन् ।

आज बिहान करिब ५:३० बजे कम्पनिमा खाना पुर्याएर फर्किने क्रममा बिपरित दिशाबाट आएकाे लाेरिले ठक्कर दिदा गाडिमा सवार दुबै जनाकाे मृत्यु भएकाे थियाे । मृतकहरूकाे लास पुत्राजया स्थित हस्पिटलमा पाेष्टमार्टमकाे लागि लगिएकाे छ ।

(तस्बिर साभार: फुर्वा दाेर्जे तामाङकाे फेसबुकबाट)

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।