सुनको मूल्यमा नयाँ रेकर्ड कायम

हाम्रो सन्देश संवाददाता

काठमाडौँ २३, पुस ।

बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैंयाले बढेको छ । मंगलबार तोलामा पाँच सय रुपैयाँले घटेको सुन तोलाको ७६ हजार ५ सय रुपैयाँमा किनबेच भएर बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

सुनको मूल्यमा आएको अध्याधिक वृद्धिका कारण कारोबारमा कमि आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तेजावी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले नै बढेर ७६ हजार २ सय रुपैयाँ कायम भएको छ । इरान र अमेरिकाबीचको द्वन्द्व, अमेरिका र चीनबीचको व्यापार युद्धमा सुधार नहुनु र भारतीय मुद्रा डलरसँग कमजोर बन्दा नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को किर्तिमान कायम गरिरहेको हो । चाँदीको भाउ पनि तोलामा बीस रुपैयाँले बढेर प्रतितोला नौ सय बीस रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।