अहिलेको पत्रकारिता देख्दा आफूलाई मन्त्रीबाटै राजीनामा दिने झोंक चल्छः सञ्चारमन्त्री बाँस्कोटा

हाम्रो सन्देश संवाददाता

भक्तपुर २३, पुस ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २३ औँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अहिलेको पत्रकारिता देख्दा आफूलाई मन्त्रीबाटै राजीनामा दिएर बस्ने झोंक चल्ने गरेको बताएका छन् ।

आफूले पनि वर्षौं पत्रकारिता गरेको स्मरण गराउँदै सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको दाबी गर्दै उनले भने, ‘म पनि वर्षौसम्म पत्रकारिता गरकै मान्छे हुँ, पत्रकारको मर्म मैले बुझ्न सक्छु, पत्रकारिता पनि आचारसंहितामा रहेर गर्नुपर्छ ।’ एउटा कुराभन्दा पूर्वदृष्टि राखेर अर्को कुरा उल्लेख गरेर समाचार प्रस्तुत प्रवृतिको अहिलेको पत्रकारिता देख्दा आफूलाई दिक्क लाग्न गरेको बताएका हुन् । मन्त्री बाँस्कोटाले भने, ‘सरकारले ‘संमृद्ध नेपाल, गरिब पत्रकारिता’ को अवधारणा लिएको छैन । अब कमिसन पत्रकारिता धेरै चल्दैन । पत्रकारिता व्यवसायिक हुनुपर्छ, आफ्नो र अर्को भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्नसक्ने वातावरण अब बन्नुपर्छ ।’

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।