केहि प्रेरणादायी भनाईहरु, जसले तपाईको मन छुन सक्छ

हाम्रो सन्देश संवाददाता

मन छुने केहि भनाइँहरु यसप्रकार छन् :

–एउटा सपना चक्नाचुर भएर पनि अर्को सपना देख्ने शक्तिलाई जिन्दगी भनिन्छ ।

–मान्छे परीस्थितिले होइन मनस्थितिले टुट्छ ।

–हौसला हुनुपर्छ, जिन्दगी कुनैबेला पनि फल्न फुल्न सक्छ ।

–सफलताको लागि तीन चिजको आवश्यकता पर्छ लगनशिलता, धैर्यता र सकारात्मक सोच ।

–तिनिहरुको पर्वाह नगर्नुस, जसको विश्वास समयको साथ बदलिन्छ पर्वाह सदा उनिहरुको गर्नुस जसको बिश्वास तपाइमाथी तब पनि होस जब तपाइको समय बदलिन्छ ।

– न हतियारले मिल्दछ न अधिकारले मिल्दछ दिलमा कब्जा त बस प्यारले मिल्दछ ।

–जीवन मा कहिल्यै कसैसित तुलना नगर्नुस तपाई जस्तो हुनुहुन्छ, पर्फेक्ट हुनुहुन्छ इश्वर को प्रत्येक रचना सर्वश्रेष्ठ छ ।

–सेलाएर दोस्रोपटक तताएको चिया र समाधान गरीएको रिलेसन मा पहिलाको जस्तो मिठास आउदैन ।

– राम्रा मान्छेहरु टाढै बाट चिनिन्छ, धोकेवाजहरु छेउ मै भएर पनि चिन्न सक्दैन ।

–चुनौतीहरुले नै जिन्दगीलाई रोमान्चक बनाउछ र यसैमा तपाइको जिन्दगीको महत्व निर्माण हुन्छ ।

–एक टन सिद्धान्त को तुलनामा एक ग्राम काम को धेरै महत्व हुन्छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।