मोरङको रतुवामाईको काँसघारीमा पुरुषको शव भेटियो

हाम्रो सन्देश संवाददाता

विराटनगर २३, पुस ।

मोरङको रतुवामाई नगरपालिका-७ रतुवा खोला छेउको काँसघारीमा एक पुरुषको श व भेटिएको छ । मृ,त भेटिएका पुरुषको पहिचान हुन नसकेको र घ टनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले पहेलो टिसर्ट र लुंगी लगाएको तथा हातमा गाम्छा र एभरेडी लाइट बोकेको अवस्थामा मंगलबार साँझ श व भेटिएपछि स्थानीयले प्रहरीलाई ख बर गरेको बताए ।

राईकाअनुसार अन्दाजी ६०÷६५ वर्ष र तराई मुलको जस्तो देखिने पुरुष मृत भेटिएका हुन् । काहिँबाट आएका पुरुष गन्तव्यसम्म पुग्न नसक्दा त्यहाँ सुतेको र चिसोले कठ्याङ्ग्रिएर मृ त्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । श व पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।