प्रचण्डलाई किन भेट्ने भनेपछि एसपी गंगा पन्त चितवन जानबाट रोकिइन्

हाम्रो सन्देश संवाददाता

चितवन २२, पुस ।

चितवन यतिबेला प्रहरी प्रमुखविहीन छ । गत पुस ४ गते प्रहरी प्रधान कार्यालयले २४ जना एसपीको सरुवा गर्दा चितवनमा एसपी गंगा पन्तलाई पठाइएको थियो । तर, १४ दिनसम्म एसपी दानबहादुर मल्लले चितवन छाड्न मानेनन् । प्रहरी प्रधान कार्यालयले ठूलै ए क्सन लिने चेता वनीपछि बल्ल उनी रमाना पत्र बुझ्न तयार भए ।

यो १४ दिनसम्म एसपी मल्लले नयाँ एसपी गंगा पन्तलाई चितवन आउने माहोल नै बिगारिदिए । मल्लले गंगा पन्तको पुराना कुरा मिडियामा ल्याइदिएपछि उनी विवा दमा परेकी छन् । चितवन सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै गृहमन्त्री रामबहादुर थापा बादलसमेतको गृहजिल्ला हो । त्यसैले सत्तारुढ पार्टीका अध्यक्ष र गृहमन्त्रीको स्वीकृति बेगर जिल्ला प्रहरी प्रमुखले राम्ररी काम गर्न सक्दैनन् ।

कतिसम्म भने जुन जिल्लामा आफ्नो पोस्टिङ भएको छ, त्यहाँ जानुअघि नेताहरूलाई भेट्नुपर्ने हुन्छ । नेताहरूले आफ्नो अनुकूल बनाउन पनि यस्तो चलन चलाइरहेका हुन्छन् । तर, एसपी गंगा पन्तले अहिलेसम्म प्रचण्ड र गृहमन्त्री बादल दुवैसँग भेट गरेकी छैनन् । अहिले पनि उनी प्रहरी प्रधान कार्यालयमै बसेर संगठनको काम गरिरहेकी छन् । केही दिनअघि उनी निकट केही प्रहरी अधिकृतले प्रचण्डलाई भेट्न जान आग्रह गरेका थिए । तर, पन्तले ‘मैले किन भेट्ने प्रचण्डलाई ?’ भनेर उनले भेट्न जान अस्वीकार गरिन् । जसका कारण चितवन जानबाट उनी रोकिएकी छन् ।

अहिले गृहमन्त्री बादलसमेत नेपालमा छैनन् । उनी ६ दिने भ्रमणका लागि चीन पुगेका छन् । उनी नेपाल नफर्किएसम्म चितवनले प्रहरी प्रमुख नपाउने भएको छ ।

२०३१ सालमा तनहुँको मिर्लुङमा जन्मिएकी पन्त २०५६ सालमा प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । केही समयअघि फेसबुकमा गरेको कमेन्टका कारण प्रचण्ड परिवार गंगा पन्तसँग अस न्तुष्ट रहेको बुझिएको छ । त्यसबेला प्रचण्डप्रति लक्षित गर्दै पन्तले ‘रि प’ लेखेको प्रचार गरिएको छ । खासगरी भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पन्तलाई नरुचाएपछि उनको चितवन आगमन रोकिने स्रोतले बताएको छ ।

पन्त नवराज सिलवाल निकट प्रहरी अधिकृत हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले सिलवाललाई आईजीपी नबनाएर जयबहादुर चन्दलाई बनाएपछि पन्त आ क्रो शित भएकी थिइन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।