माफिया सरकारको नाममा रहेको ९५० रोपनी जग्गा विप्लव नेकपाद्वारा काभ्रेमा कब्जा, यस्ता छन् कारणहरु

हाम्रो सन्देश संवाददाता

काठमाडौँ २१, पुस ।

माफिया सरकारको नाममा रहेको ९५० रोपनी जग्गा विप्लव नेकपाद्वारा काभ्रेमा कब्जा गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले काभ्रेको साविक महादेव स्थान– ९ मा रहेको ९५० रोपनी जग्गा विगतमा दनुवार समुदायका बिभिन्न व्यक्तिको नाममा रहेको कब्जा गरेको हो ।

विप्लव नेकपा काभ्रेले एक प्रेस विज्ञेप्ती जारी गरेर यस्तो जग्गा कब्जाको का।रणबारे यस्तो अपिल गरेको छ ।

नेकपा काभ्रेले भनेको छ, ‘कित्ता नम्बर ९१६,९१७ र १२५० जग्गा बिगतमा दनुवार समुदायको विभिन्न व्यक्तिहरुको नाममा रहेको यथस्थ प्रमाण रहेको तर ३०३१ सालमा सर्भे नापी हुँदाको बखत आवश्यक जानकारी र सुझबुझको अभावमा दर्ता गर्दा हुन गएको कमजोरी सच्याउनुको सट्टा व्यक्ति र सरकारको नाममा दोहोरो श्रेस्ता कायम गराई जबर्जस्ती दनुवार समुदायलाई उठिबास गराइएको छ ।’

नेकपाले निकालेको अपिलमा खोसिएको जग्गा फिर्ता गर्नुपर्ने, तत्कालीन प्रमुख जिल्ला अधिकारी, नापी र मालपोत अधिकृत र भूमाफियालाई कारबाही गर्नुपर्ने माग गरी, कब्जा गरिएको ठाउँमा गिट्टी बालुवा निकाल्न बन्द गर्नसमेत चेतावनी दिएको छ ।

अपिल ..

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।