अष्ट्रेलियाको आगलागीमा परि ५० करोड भन्दा धेरै जनावर म’रेको अनुमान !(फोटो फिचर)

हाम्रो सन्देश संवाददाता

काठमाडौँ २१, पुस ।
झाडीबाट सुरु भएको आगलागीले विनाशकारी डढेलोको रुप लिएको थियो । अष्ट्रेलियाको न्यु वेल्सस्थित ३० लाख हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनायो । अष्ट्रेलियाको आगलागीले संसारभर पर्यावरणीय बहस र चिन्ता हुन थालेको छ । हालै सार्वजनिक समाचार अनुसार ४८ करोड जनावरको मृ’त्यु भएको जनाईएको थियो भने अहिले ५० करोड भन्दा धेरै जनावर म’रेको अनुमान गरिएको छ ।

सिड्नी विश्वविद्यालयमा ‘इकोलोजी’का प्राध्यापक क्रिस डिकम्यानले यस्तो रिपोर्ट सार्वजनिक गरेका हुन् । ती वन्यजन्तु आगलागीबाटै ध्वस्त भएको रिपोर्टमा उल्लेख छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यसरी नष्ट हुनेमा पशुपंक्षी र जनावर छन् । प्राध्यापक डिकम्यानले ‘केही चिज सम्भवतः सधैँका लागि लुप्त भएको’ प्रतिक्रिया दिएका छन् । उनका अनुसार यस क्षेत्रमा आधा करोड आदिवासी जनावर थिए ।

अष्ट्रेलियाको डढेलोका ती दृश्य जसमा खरानी भए ५० करोड जनावर

अष्ट्रेलियाको जंगलमा लागेको डढेलो निकै खतरनाक स्तरमा पुगिसकेको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभावित पारेको छ । यहाँ करिब ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ ।

चार महिनापछि पनि अष्ट्रेलियाको जंगलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टले अहिलेसम्म ५० करोड जनावर डढेको जानकारी दिएको छ । यसमा स्तनधारी पशुपंक्षीका साथै घस्रने जनावर पनि समावेश छन् ।

यस्तै एक नयाँ जानकारी सार्वजनिक भएको छ । न्यू साउथ वेल्स रुरल फायर सर्भिस (आरएफएम) ले जंगलको डढेलोका कारण नावरा नजिकैको उत्तरी किनारमा आफ्नै मौसम प्रणाली विकसित भएको बताएको । यसलाई आरएफएसले निकै नै खतरनाक स्थिती बताएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।