पुरुषसंग किन लुकाऊछन महिलाले यस्ता गोप्य कुरा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

श्रीमान–श्रीमतीको सम्बन्धलाई एक रथको दुई पांग्राका रुपमा लिइन्छ । जीवन चल्नलाई ‘रथ’ गुड्नैपर्छ यो सवैलाई थाहा भएकै कुरा हो । श्रीमान–श्रीमतीबीचको सम्बन्ध सुमधुर बनाउन उनीहरुबीच विश्वास चाहिन्छ । एउटाको आड–भरोसा अर्कालाई पनि उत्तिकै आवश्यक पर्छ । त्यसैले श्रीमानले विश्वास दिलाउन श्रीमतीसँग आफ्ना सवैकुरा सेयर गरिरहका हुन्छन् । तर, श्रीमती भने यस्ता कुरामा केही कठोर हुन्छन् । श्रीमतीले केही गोप्य कुराहरु श्रीमानसँग समेत लुकाउने गरेको एक अध्ययनले देखाएको छ । त्यस्ता के कुरा हुन् रु जसको बारेमा यहाँ उल्लेख गरिएको छ । कुनै कार्यालयमा काम गर्ने महिलाले त्यहाँबाट आफूलाई मिलिरहेको सफलता आफ्नो श्रीमानलाई तत्कालै भन्दिनन् । किनकी श्रीमानलाई यो कुराले समस्या नहोस् किनकी उनी श्रीमान भन्दा माथि गइरहेकी छिन् ।

श्रीमतीले आफ्नो बैंक अकाउंट र रुपैयाँको लेनदेनको बारेमा श्रीमानलाई छिट्टै बताउँदैनन् । किनकी भविष्यको चिन्ता श्रीमानलाईभन्दा बढी श्रीमतीलाई हुन्छ । श्रीमती आफूलाई भएको स–साना समस्यबारे पनि श्रीमानलाई भन्दिनन् । किनकी उनको श्रीमानलाई यो कुराले अप्ठ्यारो महसुस नहोस् । सामान्य समस्या आफै हल गर्नेतर्फ उनीहरु क्रियाशील रहन्छन् । महिलाले आफ्नो घरको आर्थिकस्थिति समेत अरुलाई बताउँदैनन् अर्थात् श्रीमानलाई पनि सा–साना कुरा भन्दैनन् । महिला आफ्नो यौनइच्छाका बिषयमा समेत श्रीमानसँग खुलेर कुरा गर्दैनन् । उनी श्रीमानलाई यो विषय भन्न अप्ठ्यारो महसुस गर्छिन् ।

प्रायः महिलाहरुले नाघ छेड्छन् । नेपाली महिलाले किन नाक छेडाउछन् भन्ने कुरा सवैलाई थाहा हुँदैन । यतिसम्मकी नाक छेड्ने स्वयं महिला पनि यस विषयमा अनभिज्ञ हुन्छन् । नाक छेड्नुलाई धेरैजसोले श्रृंगारसँग मात्र जोड्ने गर्छन् । तर नाक छेड्नु श्रृंगारसँगमात्र सम्बन्धित छैन, यसको धार्मिक तथा बैज्ञानकि कारण पनि छ जुन यहाँ उल्लेख गरिएको छ( हिन्दुशास्त्रको पवित्र ग्रन्थ वेदका अनुसार नाक छेड्ने महिलाहरुलाई महिनावारी हुँदा हुने पीडाबाट राहत मिल्छ । प्रसवको समयमा शिशुलाई जन्म दिन पनि सजिलो हुने धार्मिक विश्वास छ ।

त्यस्तै नाक छेड्नाले टाउको दुख्ने वा माइग्रेनको समस्याबाट पनि मुक्ति मिल्ने चिकित्सकहरु बताउँछन् । तर, महिलाले देब्रे नाक मात्रै किन छेड्छन् भन्ने विषय पनि सवैलाई थाहा नहुन सक्छ । यसले प्रजनन अङ्गमा नकारात्मक असर नपर्ने चिकित्सकहरु बताउँछन् । महिलाको देब्रे नाकको नशा प्रजनन अङ्गसँग जोडिएको हुने चिकित्सकहरु बताउँछन् । यस्तै बाँया कान छेड्नाले रक्त चापजस्तो समस्याहरुमा पनि कमि आउने बताइन्छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।