सुनको मूल्यमा नयाँ रेकर्ड ! हेर्नुस् कति पुग्यो आज ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ २०, पुस ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार तोलामा ७४ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १ हजारले बढेर ७५ हजार ५०० पुगेको हो ।

यस्तै तेजावी सुन ७५ हजार २०० मा कारोबार भएको छ । यस्तै आइतबार चाँदी तोलामा ९०० रुपैयाँमा कारोबार भएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।