अष्ट्रेलियामा धादिङ चैनपुरका रोशन र चितवनका प्रदीपको मृत्यु

हाम्रो सन्देश संवाददाता

अष्ट्रेलिया २०, पुस ।

सिड्नीको बेरोरा भन्ने ठाउँमा क्याम्पिङ गर्न गएका २ नेपालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ भने आर्का एक घाईते भएका छन । मृत्यु हुनेमा धादिङ जिल्लाको ज्वालामुखि गाउँपालिका चैनपुर घर भएका रोशन छत्कुली र चितवनका विशाल सेँडाई रहेका छन् । अचेत अबस्थामा रहेका अर्का नेपाली प्रदीप पाण्डेलाई भने हेलिकोप्टरमा उद्दार पछि अस्पतालमा भर्ना गरिएको छ । यो घटना हिजो शुक्रबार साँझ घटेको हो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...