शंकास्पद वस्तु फेला, सेनाको बम डिस्पोजल टोली घटनास्थलमा

हाम्रो सन्देश संवाददाता

ललितपुर १९, पुस ।

ललितपुरको पुल्चोकमा शंकास्पद वस्तु फेला परेको छ । शनिबार बिहान पुल्चोक र गाभलको बीचमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार प्याक गरेर फालेको अवस्थामा तारसहित देखिने गरी शंकास्पद वस्तु फेला परेको हो । उक्त वस्तु के हो परिचान हुन सकेको छैन ।

‘बम हो कि भन्ने शंकाका आधारमा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ,’ महानगरीय प्रहरी प्रभाग पुल्चोककी इन्सपेक्टर पुर्णिमा चन्दले बताइन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।