नेकपाले टुंगो लगायो राष्ट्रिसभाका उम्मेदवार – नामसहित

हाम्रो सन्देश संवाददाता

काठमाडौँ १८, पुस ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माघ ९ गते हुने राष्ट्रिय सभा उम्मेदवारको टुङ्गो लगाएको छ। पार्टीका सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा निर्वाचनका उम्मेद्वार बनेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उनलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो।

श्रेष्ठलाई गण्डकी प्रदेशको अन्यमा उम्मेदवार बनाउने निर्णय गरेको हो। श्रेष्ठ यसअघि प्रतिनिधि सभा निर्वाचनमा गोरखा २ बाट उम्मेद्वार बनेपनि बाबुराम भट्टराईसँग पराजित भएका थिए।

बैठकले : प्रदेश १ मा नेकपाले महिला तर्फ इन्दु गौतम, दलतीबाट गोपी अच्छामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ।

त्यस्तै प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। नेपाले प्रदेश २ मा राजपासँग तालमेलको सहमति गरिसकेको छ।

त्यस्तै प्रदेश ३ बाट महिलामा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई उम्मेदवार बनाएको छ। भुसाल नेकपाका स्थायी समिति सदस्य हुन्।

गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेका छन्। श्रेष्ठ नेकपाका सचिवालय सदस्य हुन्। त्यस्तै महिलामा भगवती न्यौपाने उम्मेदवार बनाएको छ।

प्रदशे ५ मा नेकपाले महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्मेदवार बनाएको छ।

त्यस्तै प्रदेश ६ मा नेकपाले अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुनिता बिसी उम्मेदवार भएका छन्।

त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट अन्यबाट तारामान स्वाँर र महिलाबाट शारदा भट्ट उम्मेदवार भएका छन्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।