भाडामा बस्ने युवतीका कोठामा घरवालको गोप्य क्यामेरा फिट गरेपछि…

हाम्रो सन्देश संवाददाता

काठमाडौँ १८, पुस ।

भारतको तमिलनाडुमा एक घरमा भाडामा बस्ने युवतीको कोठामा गोप्य क्यामेरा फिट गर्ने घरवाला प’क्राउ परेका छन् । भाडामा बस्ने ती युवतीले हेयर ड्रायर प्रयोग गर्न सकेट प्लबगमा लगाउँदा फु’टेपछि गोप्य क्यामेरा फेला पारेकी थिइन् । सकेट भित्तामा गोप्य रुपमा लुकाएर राखिएको थियो ।

यो कुरा सँगै बस्ने अर्की युवतीकोमा पनि पुग्यो र घट’नाबारे प्रहरीलाई जानकारी गराए । प्रहरीले ४५ वर्षीया घरवाला सञ्जय भनिने संपत कुमारलाई प्रहरीले प’क्राउ गरि जेल पठाएको छ । उनको घरमा केही महिलाहरु भाडामा बस्ने गर्छन् । उनीहरुको उ’जुरीको आधारमा पुगेको प्रहरीले घरको खानतलाशी लिएको थियो । प्रहरीले सो घरभित्र अन्य केही गो’प्य क्यामेरा पनि फेला पारेको छ ।

प्रहरीले भनेको छ, ‘यो क्यामेरा पछिल्लो १५ दिनदेखि प्रयोग भइरहेको थियो । घरवालाले धेरैतले घरको एक तला भाडामा लगाएका थिए ।’ प्रहरीले सो घरबाट ६ वटा यस्ता क्यामेरा बरामद गरेको जानकारी दिएको छ । प्रहरीले भनेको छ, ‘यो क्यामेरा पछिल्लो १५ दिनदेखि प्रयोग भइरहेको थियो । घरवालाले धेरैतले घरको एक तला भाडामा लगाएका थिए ।’ उनीमाथि आईटीएक्ट तथा महिला हिं’सा रोक्नका लागि बनेको अधिनियमअनुसार मु’द्दा दर्ता गरिएको छ । प्रहरीले घट’नाबारे छानविन जारी रहेको जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।