धन कमाउन मलेसिया गएको तीन महिनामै सुतेकै ठाउँमा मृत भेटिए दुलाल

हाम्रो सन्देश संवाददाता

पाँचथर, १७ पुष ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका पाँचथरका एक युवा सुतेकै ठाउँमा मृ त फेला परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमिडाँडाका हेमलाल दुलाल सुतैको ठाँउमा मृ त फेला परेका हुन् ।

परिवारका अनुसार तीन महिनाअघि मात्र उनी वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए । उनी बुधबार बिहान सुतेकै ठाउँमा मृ त फेला परेका हुन् ।
यसअघि पनि पटकपटक वैदेशिक रोजगारीमा गएर फर्किएका दुलाल पछिल्लो पटक गएको असोज १६ गते मलेसिया गएका थिए । मृ त्युको कारण भने खुलेका छैन ।मृ तक दुलालको श्रीमती, एक छोरा र एक छोरी छन् ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आधा घट्यो, मलेसिया बन्द हुँदा ठूलो असर

काठमाडौं। विदेश जाने नेपालीको संख्या आधा भन्दा बढीले घटेको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा यो वर्षको फागुनसम्म एक लाख ४२ हजार ८२८ जना नेपाली वैदेशिक रोजगारीको लागि गएका छन्।

गत आर्थिक वर्षमा भने तीन लाख ६१ हजार ९४१ जना नेपाली वैदेशिक रोजगारीको लागि गएका थिए।गत वर्ष औसतमा मासिक ३० हजार नेपाली विदेश कामका लागि जान्थे। यो वर्ष भने मासिक ‍औसत १७ हजार नेपाली मात्रै वैदेशिक रोजगारीमा गएका थिए। पछिल्लो समय मलेसियाको रोजगारी बन्द हुँदा विदेशीने कामदारको संख्यामा कमी आएको हो।

कामदार पठाउँदा अतिरिक्त रकम लिएको भन्दै नेपालले ती संस्थालाई कारवाही गरेपछि एक वर्षदेखि मलेसियामा नेपाली कामदार गएका छैनन्। पहिलेनै डिमान्ड लेटर ल्याएका कामदार मात्रै गएका हुन्। चालु वर्षको ८ महिनामा दुई हजार ६५१ मात्रै मलेसिया गएका छन्। गत आर्थिक वर्षमा मलेसिया जाने नेपालीको संख्या एक लाख एक हजार १६८ जना रहेको थियो।

मलेसिया वैदेशिक रोजगारीका लागि नेपालीको सबैभन्दा महत्वपुर्ण गन्तब्य हो । सरकारले मलेसिया जाने नेपालीहरुको पक्षमा निर्णय गर्न केही महिना कामदार पठाउन रोक लगाएको थियो । नयाँ ब्यवस्था सहितको श्रम सम्झौता पछि मात्र नेपालले मलेसियामा कामदार पठाउन थालेको हो ।

२०७५ जेठ २ मा भिसा प्रक्रियादेखि स्वास्थ्य परीक्षणमा बढी शुल्क लिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा कामदार पठाउन रोकेको थियो। मलेसियामा बार्षिक १ लाख ५० हजार कामदार जाने गरेका थिए। ती कामदारबाट देशमा बार्षिक ३ खर्ब रेमिट्यान्स भित्रिने गरेको थियो।

कामदार पठाउन रोक लगाएपछि नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ मा श्रम सम्झौता भएको थियो। त्यो सम्झौता लगत्तै कामदार पठाउने भनिए पनि नेपालले भीएलएन, बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको ‘भेन्डर’ परवर्तनको कुरा उठाएका कारण रोकिएको थियो। मलेसिया पहिला काम गरिरहेकै संस्थाबाट पठाउने अडानमा रह्यो भने नेपालका तत्कालिन श्रम मन्त्री गोकर्ण बिष्ट ठगीमा मुद्दा परेका कम्पनीबाट पठाउन नसकिने भनिरहे।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।