काठमाडौं लगायत देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा ! के भन्छन् मौसमविद् ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ १७, पुस ।

लगातारको जाडोपछि आज काठमाडौंमा वर्षा भएको छ । काठमाडौं उपत्यकालगायत देशका पहाडी भूभागमा मेघगर्जनसहित वर्षा भइरहेको छ । अहिले उपत्यकामा मध्यम वर्षा भइरहेको छ । वर्षासँगै उपत्यकामा चीसो बढेको छ ।

विहान देखि उपत्यकाको आकाश बादलले ढाकेको थियो । अपरान्हबाट पानी परेपछि बादल हट्दै जाने अनुमान गरिएको छ । हिमाली भूभागमा हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि महाशाखाले देशका विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षा हुने अनुमान गरेको थियो ।
आगामी तीन दिनको मौसम पूर्वानुमान पौष १७ गते (बिहिबार) दिउँसो : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

राती : देशभर सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको देखिन्छ । उच्च पहाडि तथा हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना देखिन्छ ।

पौष १८ गते (शुक्रबार) दिउँसो :देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

राती : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

पौष १९ गते (शुनिबार) दिउँसो :देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

राती : देशभर सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):– मौसम बदलि संगै वर्षा/हिमपातको संभावना रहेको र चिसो रही रहने हुनाले सतर्कता अपनाउन अनुरोध छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।