ताइवानमा हेलिकोप्टर दुर्घटना, सेना प्रमुखको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौँ १७, पुस ।

ताइवानमा हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा परी ताइवानका सेना प्रमुख शेन यी–मिङको निधन भएको छ ।

राजधानी ताइपेई नजिकै पहाडी इलाकामा बिहीबार हेलिकोप्टर दुर्घटना भएको हो । हेलिकोप्टरमा सेना प्रमुखसँगै १३ जना सवार रहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

ताइवानको आधिकारिक केन्द्रीय समाचार संस्थाले सेना प्रमुखकको निधन भएको पुष्टि गरेको छ । दुर्घटनामा अन्य आठ जनाको पनि ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

सेना प्रमुख मिङ नयाँ वर्षमा पूर्वोत्तर क्षेत्रमा रहेका सैनिकसँग भेट्न जाने क्रममा हेलिकोप्टर दुर्घना भएको हो ।

अहिले दुर्घटनाग्रस्त क्षेत्रमा खोज्ने र उद्धार गर्ने काम भइरहेको हवाई बलका कमाण्डर इन् चिफ् हो–चीले सञ्चारमाध्यमलाई जनाए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।