आजबाट पेट्रोल, डिजेल र मट्टितेलको बढ्यो मूल्य- यस्तो छ मूल्य सूची

हाम्रो सन्देश संवाददाता

काठमाडौँ १७ , पुस ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमद्वारा बुधबार विज्ञप्ति जारीमा ट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको जनाइएको छ ।भारतबाट केही मूल्य बढेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमा अनुसार हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावतै रहेको छ।

अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ कायम गरिएको छ।बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। उपरोक्त समायोजन पश्चात् काठमाडौंसहित सुर्खेत र दिपायलमा १११ रुपैयाँ प्रति लिटर पर्नेछ।

पोखरा र दाङमा ११० रुपैयाँ ५० पैसा प्रतिलिटर तथा विराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा लिटर कायम गरिएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।