प्रियंका–आयुष्मान : इन्गेजमेन्टको दुई वर्ष भैसक्दा पनि विवाह नहुनुको रहस्य खुल्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

पछिल्लो समयकी चर्चित अभिनेत्री प्रियंका कार्कीले सम्बन्धविच्छेद गरेको लामो समय भइसकेको छ । उनले करिब दुई वर्ष अघि नायक आयुष्मान देशराज जोशी श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन् । नायिका कार्कीको विवाह मिति अझै टुंगो लागेको छैन । नायिका प्रियंकाले विवाहको मिति तय गर्दै सार्दै आएकी छन् । उनको इन्गेजमेन्ट भएको दुई वर्ष पुग्न लाग्दासमेत विवाह नभएकाले उनका दर्शक र शुभचिन्तकहरुले यस्लाई रोचक मानेका छन् ।

तर, नायिका प्रियंकाले भने विवाहको मिति सार्दै आएकी छिन् । इन्गेजमेन्टका बेला गएको असारमा विवाह गर्ने बताएकी प्रियंकाको हालसम्म विवाहको मिति तय भएको छैन । जानकारी अनुसार उनको विवाह नहनुको कारण ‘डिभोर्स’ रहेको छ । प्रियंका आफैं पनि डिभोर्स गरेकी नायिका हुन् । अर्को तिर उनकी आमा बुवाबीच पनि सम्बन्धविच्छेद भएको हो । प्रियंका विवाह गरेर जाने घर अर्थात आयुष्मानको बुवाआमाबीच पनि डिभोर्स भएको छ ।

जस कारण दुवै परिवार अब हुने सम्बन्धमा विच्छेद हुने अवस्था सृजना नहोस् भन्दै सचेत बनेको देखिएको छ । जसका लागि उनीहरु विवाहको उत्तम साइतको खोजीमा छन् । ज्योतिषीहरुसँगको परामर्शपछि प्रियंका र आयुष्मानले विवाहको मिति तय गर्ने बताइएको छ । यसअघि तय गरिएका मिति ज्योतिषीयशास्त्रअनुसार राम्रो नभएपछि प्रियंका र आयुष्मानको विवाह मिति सरेको बुझिएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...