के तपाई जिन्स लगाउनु हुन्छ ? ध्यान दिनुस यी कुराहरु

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

नयाँ संस्कृती र सस्कार अनुसार सबैको रोजाइमा पर्न सफल लुगा हो जिन्स | हामीले शरीरलाई न्यानो राख्न होस् या अन्य समयमा पनि सजिलो र सहज हुने भएकाले जिन्स प्रयोग गर्छौं । तपाइँ पनि जिन्स लगाउनु हुन्छ ? ध्यान दिनुहोस यी कुरामा:

१.आकर्षक देखिने भएकाले जिन्स सबैको रोजाइमा पर्छ ।

२. धेरैजसोले टाइट जिन्स लगाउँछन्। टाइट जिन्स लगाउँदा नसासम्बन्धी समस्या सिर्जना हुनसक्छ।

३. टाइट जिन्स लगाउँदा रक्त प्रवाहमा असर पर्न गै तिघ्रामा पीडा हुन सक्छ ।

४.टाइट जिन्सले मांसपेशी तथा जोर्नीमा असर पार्न सक्छ ।

५. लामो समयसम्म टाइट जिन्स लगाएर हिँडे दीर्घकालीन रूपमा हिपमा असर पर्न सक्छ ।

जिन्स खरिद गर्दा बजारमा थुप्रै प्रहारका जिन्स पाइन्छन । दुई दर्जनभन्दा बढी जिन्सका ब्रान्ड छन् । यस्ता जिन्स खरिद गर्नुअघि त्यसमा प्रयोग गरिएको फेब्रिकका बारेमा जानकारी लिनु राम्रो हुन्छ । स्वास्थ्यका लागि टिपिक्क टाँसिने भन्दा लुज र खुट्टा चलाउन सहज हुने किसिमको जिन्स खरिद गर्नुपर्छ ।

जिन्स किन्दा रंगमा ध्यान दिनुपर्छ । काममा जाँदा गाढा रंग तथा घुम्न जाँदा हल्का रंगको जिन्स लगाउनु उपयुक्त मानिन्छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।