हात्तीपाइले रोग केही तथ्य केहि मिथ्य

हाम्रो सन्देश संवाददाता

डा. केदार कार्की

सेवा निवृत वरिष्ठ पशु चिकित्सक भेटेरीनरी
जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वर

हात्तीपाइले रोग रेशा जस्ता किटाणुहरु wucheria, bancrofti, brugia malayiB. Timori को संक्रमणबाट लाग्दछ । यसको बयस्क परजीवी ८ देखि १० सेन्टीमिटर सम्म लामो हुन्छ । यो परजीवि ¥याल ग्रन्थीमा बसोबास गर्दछ । क्युलेक्स वा एनो फिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरीया नामक परजीवि सर्ने यो रोग शरीरको कुनै एक भाग वा अंगमा लाग्ने र त्यो अङ्ग सुन्निदै जाने भएकोले हात्तीपाइले रोग भनेर चिनिन्छ । यो रोग एक पटक लागे पछि जीवनभर निको हुँदैन । मानिसको शरीरमा हात्तिपाइले रोगको परजीवि प्रवेश गर्ना साथ यो रोग देखा पर्दैन । यो परजीवि करिब ६ वर्ष सम्म मानिसको शरीरमा सुसुप्त अवस्थामा रहन्छ । यो परजीवि शरीरमा रहे हात्तीपाइलेको औषधि सेवन गरेपछि कसै–कसैलाई ज्वरो आउने वाक वाक लाग्ने बान्ता हुने जस्ता सामान्य असर देखा पर्न सक्तछ । फाइलेरीया परजीविले लाखौंको संख्यामा उत्पादन सुक्ष्म फाइलेरीया रगतमा पुगी रहेका हुन्छन । यी एक देखि दुई वर्ष सम्म जीवित रहन्छन ्। राती ¥याल ग्रन्थी लिम्फ नोडबाट निस्केर रगतमा पुग्छन र दिउँसो निष्कृय भएर त्यहि जान्छन् ।

लामखुट्टेको टोकाइबाट सर्ने रोग विभिन्न खालका छन् तापनि यो रोग नसर्ने रोग हो । यसले मानिसको तुरुन्तै मृत्यु भने हुँदैन । तापनि यस रेगले भेटेपछि उपचार भने नहुने भएकोले मानिसलाई जीवनभर भद्दा शरीर लिएर बाँच्नु पर्ने बनाउँछ । मानिसको शरीरमा यो रोग लागेर विकशीत भएपछि उपचार नहुने भएकाले यस रोगलाई शुरुको अवस्थाबाटै नियन्त्रणमा ल्याउनु नै यसको नियन्त्रण भएकाले शरीरमा देर्खा पर्न भन्दा पहिले नै उपचार हुनु नै उत्तम विकल्प भएकोले औषधि सेवन नै यसको मुख्य उपाय मानिन्छ । लामखुट्टेले राती रोगीलाई टोक्दा रगत सँग सुक्ष्म फाइलेरीया त्यसको पेटमा जान्छ । लामखुट्टेको पेटमा विकशीत भएर यो परजीवि मुख्य ¥याल ग्रन्थीमा जम्मा हुन्छ । माहामारी रोग विशेषत्रहरुका हात्तीपाइले जुनसुकै उमेरमा हुन सक्तछ । तर अमेरीका स्थित सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको तथ्य पत्र अनुसार दुई वर्ष सम्मका बालबालिकामा यो रोग प्रायः देखिदैन । यस्तै महिलाको बाँजोमा पुरुषलाइृ रोग हुने सम्भावना बढी हुन्छ । संक्रमणको ४ देखि १६ महिना पछि शरीरमा रोगको लक्षण देखिन्छ र रोगको स्वरुप फरक फरक हुन सक्तछ । सिडिसीका अनुसार फाइलेरीया संक्रमीत अनेक व्यक्ति जीवनभर आफु त पूर्ण स्वस्थ्य हुन्छन तर तीनले अरुलाई सहजै यो रोग सार्न सक्तछन् । विशेषत्रका अनुसार केहि रोगीमा भने फाइलेरीया परजीवि लिम्फनोडमै रहि रहन्छन रगतमा आउँदैनन अन्यमा भने रगतमा राती निस्कने गर्छन यसबाट लिम्फग्रन्थीमा गाँढो हुनुका साथै त्यो सुन्नीन पनि सक्तछ । हात्तीपाइले एसीया महादिपको धेरै पुरानो रोग हो । इसापूर्व छैटौं शताब्दीका आर्युवेदका ज्ञाता सुश्रुतको पुस्तकमा समेत यस रोगबारे उल्लेख छ । विश्व स्वास्थ्य संगठनका अनुसार ८१ राष्ट्रका १ अर्व ३० करोड व्यक्ति यस रोगको संक्रमित छन् ती मध्ये करीब ४ करोड व्यक्ति रोगले गर्दा अपाङ्ग र अशक्त छन् ।

फाइलेरीयामा तीब्र वा काम ज्वारो आउन सक्तछ । यसको असर कायम रहेको बेला जीउ वा टाउको दुख्ने बान्ता हुने हुन्छ । ज्वरोको क्रम दुई र तीन दिनको अन्तरालमा हुन्छ । सुन्निएको ¥याल ग्रन्थी ज्वरोको आक्रमण सँगै बढ्दै जान्छ । अण्डकोश सुन्निने (हाइड्रोसील) खुट्टा हात्तीको जस्तो हुने, हात सुन्नीने, योनीद्वार सुन्निने, जस्ता लक्षण हुन् । रोगीहरुको पिसाव दुध जस्तो हुन्छ । पिसाबमा लिम्फ मिसिनाले यसतो हुने गरेको हो । ट्रषिकल पल्मोनरी एस्नो फिलिया समेत हुन सक्तछ । डब्लुएचओका अनुसार यस्तो स्थितिमा फोक्सो पनि सुनिन्छ । अनि खोकी लाग्ने दम बढ्ने र कहिले काहि खकारमा रगत देखिने हुन सक्तछ । दम बढ्दा रोगी काम गर्न नसकेर, हिडडुल गर्न असमर्थ हुन सक्छ । यस बाहेक दम बढ्नु, नशाहरु सुन्निनु शरीरमा कम्पन हुनु, रगतमा इयो सिनोफिलीया देखिनु, हात घुडामा निला धर्साहरु देखिनु लामो समय सम्म सुख्खा खोकी लाग्नु, महिलाको यौन अंग तथा स्तन सुन्नीनु वा दुख्नु, पुरुषहरुको अण्डकोष बराबरको नसाहरु फुल्नु र अण्डकोष बरीपरी पानी जम्नु।

र अन्त्मा :

जो सुकैलाई हुन सक्ने हात्तीपाइले रोगबाट बच्न वर्षको एक पटक पाँच वर्षसम्म सरकारद्वारा वितरीत निःशुल्क चक्की खानु पर्ने । यस प्रकउया अन्तर्गत जुका नाशक एल्वेन्डाजोल एउटा र उमेर हेरी डाइस्थाइल कार्वामाजीन चक्की एक देखि ३ वटा सम्म वर्षमा एक पटक खानु पर्छ । चक्कीले हात्ती पाइलाको उपचार सँगै पेटमा भएका अन्य जुकाको समेत सजिलै उपचार हुन्छ । यसको सेवनले असर नगरे पनि शरीरमा धेरै परजीवि छन् भने टाउको दुख्ने वाक वाकी लाग्ने अथवा पेट दुख्ने हुन सक्तछ । यो औषधि गर्भवती, एक साता सम्मका सुत्केरी धारे रोग, मुटुरोग मृगौला, जण्डीस क्लेजोको दिर्घ रोगीहरु, सिकिस्त विरामीहरु र दुई वर्ष नपुगेका बच्चाहरु बाहेक सबैले खान सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हात्ती पाइलाको औषधि ८३ राष्ट्रका करोडौं मानिसले सेवन गरेपनि हाल सम्म कुनै साइड इफेक्ट देखिएको छैन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।