चर्चित र्यापर भी-टेनले सार्बजनिक गरे प्रेमिका, युवती फ्यानहरुको रुवाबासी

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

युवा पुस्तामाझ लोकप्रिय एवम् चर्चित नाम हो गायक तथा र्यापर समीर घिसिङ भिटेन, २२ वर्षीय यी र्यापरका देश बिदेशमा आयोजित कन्सर्टहरुमा लाखौं दर्शक स्रोताको उपस्थिति हुने गर्दछ । भिटेनको चुरोट नै चुरोट, मान्छे खत्तम, हालखवर, सिमसिमे पानीमा, कथा जस्ता गीतहरु चर्चामा छन् । उनीसँग फोटो खिचाउने देखी उनलाई छुन खोज्ने उनका डाइहट फ्यानहरु उल्लेखीय मात्रामा रहेका छन् ।

उनले धेरै लगानी गरेर निर्माण गरेको गित ‘सिमसिमे पानीमा’ केहि घण्टामा नै आफ्नो युट्युब च्यानलबाट हटाउनु पर्यो । जुन गित सार्बजनिक भए लगत्तै युवाहरुमाझ लोकप्रिय बनिसकेको थियो । तर म्युजिक नेपालले कपीराइट लगाएर उक्त गित डाउन गरेको थियो । कपीराइटले उनको च्यानलबाट त उक्त गित हट्यो तर त्यतिन्जेल उनका फ्यानहरुले डाउनलोड गरिसकेका थिए । जुन अहिले युट्युब भारी छ्याप्छ्याप्ती हेर्न पाइन्छ ।

यी चर्चित र्यापर भी-टेनको लाखौ डाईहार्ड फ्यानहरु छन । विशेष गरि युवायुवतीहरु उनको फ्यानहरु रहेका छन । भी-टेनका युवती फ्यानहरुलाई भने दुखद खबर आएको छ । अहिले सम्म सिंगल रहेका भी-टेन अहिले दार्जिलिङकी एक युवतीको प्रेममा परेका छन । यो कुराको प्रमाणित भी-टेनले आफ्नो इन्स्टाग्राम मार्फत एक तस्विर सार्बजनिक गर्दै गरेका हुन् । सार्बजनिक तस्विरमा सिमिया नाम गरेकी युवतीलाई अँगालोमा हालेर निधारमा चुम्बन गरेका छन ।
इन्स्टाग्राममा सार्बजनिक गरेका तस्विर हेर्नुहोस ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...