कामपाले शुरु गर्यो प्रचार सामग्री हटाउने कार्य

हाम्रो सन्देश संवाददाता

काठमाडौँ १२, पुस ।

काठमाडौँ महानगरपालिकाले प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङ बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत सहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने काम शुक्रबारदेखि शुरु गरेको छ ।

शुक्रबार बबरमहल, तीनकुने र कालीमाटी क्षेत्रका ठूला बोर्ड हटाइएको नगर प्रहरी महाशाखा प्रमुख एवं नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटाले जानकारी दिएका छन् । उनले भने, “भित्तेलेखन, पोल र भित्तामा टाँसिएका पर्चा पम्प्लेट, ब्यानरलगायत शहरलाई कुरूप बनाउने सबै सामग्री हटाउँदैछौँ, शहरलाई सुन्दर बनाउन होर्डिङ बोर्ड मात्र व्यवस्थापन गरेर पुग्दैन, भित्तेलेखन, पर्चा, पोष्टर, पम्प्लेट सबै हटाउनु पर्छ ।”

शहरी दृश्य प्रदूषण हटाउन परमादेशको माग गर्दै सर्वोच्च जानुभएका अधिवक्ता पदमबहादुर श्रेष्ठ भंचन, “महानगरको रेकर्ड भएका प्रचार सामग्रीलाई विधिअनुसार व्यवस्थापन गर्नुपर्छ, अभिलेखमा नआएका बिजुलीको पोल, भित्ता तथा अन्य सार्वजनिक ठाउँ वा सार्वजनिक ठाउँबाट देखिने ठाउँका सबै प्रकारका प्रचार सामग्री हटाउनुपर्छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।