डिभोर्स बारे पहिलो पटक बोलिन् निलम शाह, बेडरुममा श्रीमानसँगको फोटो राख्दै यस्तो लेखिन्

हाम्रो सन्देश संवाददाता

काठमाडौँ १२, पुस ।

चर्चित गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहबीच सम्बन्धविच्छेद भएको समाचार बाहिरिएसँगै भएको विभिन्न टिकाटिप्पणीले यो विषय झनै रहस्यमय बनेको छ ।मंगलबार ढकाल पत्नीले दिएको निवेदनमाथि जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासमा बुधबार उनीहरुबीच सम्बन्धविच्छेदका लागि मिलापत्र भएको हो ।

काठमाडौं जिल्ला अदालतको दैनिक पेशी सूची हेर्दा रामकृष्ण र निलमको सम्वन्धविच्छेद भएको पुष्टि हुन्छ । मुद्दाको दर्ता नम्बर ०७६(cp(३१८८ हो । मुद्दाको स्थिति ‘फैसला’ भइसकेको छ । जसमा ‘मिलापत्र’ भनिएको छ । यो भनेको सम्बन्धविच्छेद गर्ने सहमति नै रहेको कानुनी भाषाका जानकारहरु बताउँछन् ।

तर, यसको भोलिपल्छ नै ढकालले रेडियो नेपालको संगित स्टुडियोमा रियाज गर्दै गरेको अवस्थामा भेटिएका छन् भने सम्बन्धविच्छेद भएको अस्वीकार गर्दै सामाजिक सञ्जालमा विभिन्न स्टाटससमेत लेखेका छन् । यससँगै उनले आफ्नो इन्स्टाग्राम पेजमा पत्नी निलम, छोरी रानी र आफुसँगै भएको सेल्फीसमेत राखेका छन् । जसमा फेम्ली लेखिएको छ ।

यस्तै ढकाल पत्नी निलमले समेत आफ्नो इन्स्टाग्राम पेजमा आफूहरुको फोटो सेयर गर्दै लेखेकी छिन्– ‘म, नीलम राज्यलक्ष्मी शाह चारै तिर फैलिएको सबै अफवाहहरूका बारेमा सार्वजनिक बयान दिन चाहन्छु। हामी खुशीका साथ वैवाहिक जीवनमा बाँधिएको दशकौं भइसक्यो र अबको धेरै वर्षसम्म हाम्रो विवाह जारी रहनेछ ।

हामी एक सानो तर खुशी परिवार हो र यदि मिडिया र व्यक्तिले हाम्रो परिवारलाई निरन्तर आक्रमण गर्न रोक्नुभयो भने हामी यसको कदर गर्छौं । सबै मिडियामा र सबै समाचार आउटलेटहरू मार्फत हामी मिडियाद्वारा निरन्तर सताइएका छौँ र घृणा गर्ने व्यक्ति र उनीहरूका टिप्पणीहरूले यस आगोलाई दहन गरेको छ ।

त्यस्ता व्यक्तिहरूले मेरो परिवार, मेरो परिवारको प्रतिष्ठा, मानसिक स्वास्थ्य र कल्याणको बारेमा बोल्ने साहस क्रूरताभन्दा पछाडि हो । म यी मानिसहरूलाई अवसरवादीको रूपमा देख्छु जसले निरन्तर राम्रो परिवार र उनीहरुको राम्रो नाम बदल्न प्रयासरत रहन्छन् जुन कहिल्यै सम्भव हुँदैन् ।

म बुझ्छु कि हामी त्यस्तो समाजमा बस्छौं जुन सबैको व्यवसाय जस्तो देखिन्छ तर त्यस्तो छैन । यी उदाहरणहरू हुन् जुन तपाई आफ्नो परिवारलाई सामेल गर्न चाहनुहुन्न, कुराकानी गर्नुहुन्छ, त्यसोभए किन यो अरूलाई गर्नुहुन्छ रु यो निराधार, भावनाविहीन र पूर्ण हाँस्यास्पद झूटा हो जो हाम्रो परिवारका शुभचिन्तकहरू होइनन् उनीहरुले फैलाउँदैछन् । यो उत्पीडन हो, मानसिक दुर्व्यवहार हो साइबर बदमाशी हो र म आफ्नो परिवारको रक्षा सधैँ गर्नेछु ।’

उनीहरु दुबैजनाले सम्बन्धविच्छेदको खबरमाथिको खण्डन गरेझैँ स्टाटस राखेपछि उनका फ्यानहरुले शंका र प्रश्नसमेत उठाएका छन् । ढकाल र शाहको यस्तो तर्कले शुभचिन्तकहरुलाई झनै भ्रमित तुल्याएको छ । कलाकार भएकाले सार्वजनिक चासोको विषय बन्नु पनि स्वभाविक नै हो । तर, उनीहरु दुबैले यसको पुष्टि गरेका छैनन् । अदालतको कुरा सत्य मान्नु वा उनीहरुले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्ति सत्य मान्नु यस विषयमा उनीहरुका शुभचिन्तक नै रनभुल्लमा परेका छन् ।

हेर्नुहोस् उनको भनाइ जस्ताको तस्तै

मैले आफुले आफ्नो बोध भएदेखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन।

जीवनको यो लामो अन्तरालमा मैले कति दर्शकरश्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसम्शक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु।

पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु। विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।

सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ(आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो।

यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक र श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शकर श्रोताका कारण छु तर नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् । हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।
आशा छ तपाईहरुको माया रहिरहने छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।