प्रेमीसँग मिलेर आमाको हत्या गराउने छोरी सहित चार जनालाई जन्मकैदको फैसला

हाम्रो सन्देश संवाददाता

भक्तपुर १०, पुस ।

जिल्ला अदालत भक्तपुरले चाँगुनारायण नगरपालिका–७ मा गत असार १५ गते आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गराउने छोरी ईश्वरी सहितका चार जनालाई आज जन्मकैदको फैसला गरेको छ ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ बाँडेगाउँकी ६० वर्षीया सावित्री भट्टराई आफ्नी छोरी ज्वाईंको घरमा बस्दै आएकी थिइन्। प्रहरीले हत्याको विषयमा अनुसन्धान गर्दा हत्यामा छोरीकै संलग्नता रहेको भन्दै छोरी ईश्वरी, सिरहाका मोहम्मद नौशाद, भारतीय नागरिक अर्जुनकुमार भनिने भोलाकुमार र मोहमद रईशलाई पक्राउ गरेको थियो।

ईश्वरीले १२ लाख रुपैयाँमा सुपारी दिएर आमाको हत्या गर्न लगाएको पुष्टी भएको अदालतले जनाएको छ। भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार प्रेमीसँग मिलेर ईश्वरीले आमाको हत्या गर्न भारतीय कन्ट्रायक्ट किलर भाडामा प्रयोग गरेकी थिइन्। छोरीको प्रेम सम्बन्धका बारेमा आमालाई थाहा भएकै कारण उनको हत्या गराएको हो।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।