ग्रान्डी अस्पतालले पाँचपटक टाउकोको शल्यक्रिया गरेर यस्ता बालकलाई यस्तो बनाए पछि, भर्ना लिननै मानेन

हाम्रो सन्देश संवाददाता

काठमाडौँ १०, पुस ।

गत १३ वैशाखमा सर्लाहीकी पाँच वर्षीया आकृतिकुमारी साहमा मुटुको समस्या देखिएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरियो । ‘ओ पोजेटिभ’ रगत भएकी उनलाई शल्यक्रियाका क्रममा चिकित्सकले ‘ए पोजेटिभ’ रगत चढाए ।

यही कारण २३ वैशाखमा उनको मृत्यु भयो । बालिकाको उपचारमा अस्पतालका तत्कालीन निर्देशक डा। ज्योतिन्द्र शर्माको युनिटमा डा। रवीन्द्रभक्त तिमिला र डा। नवीनचन्द्र गौतम संलग्न थिए । उपचारमा संलग्न तीनैजना चिकित्सकसहित कर्मचारीविरुद्ध उजुरी दिए । नेपाल मेडिकल काउन्सिलले अनुसन्धानपछि अस्पताल र चिकित्सकलाई दोषी देखायो, तर कारबाही भने भएको छैन ।

( गत जेठ अन्तिम साता ओम अस्पतालमा पत्थरीको शल्यक्रिया गर्दा सिन्धुपाल्चोक इन्द्रावती–१० की ५० वर्षीया रामप्यारी थापाको निधन भयो । शल्यक्रियाका क्रममा पेटको आन्द्रा काटिएको, तर त्यसै छाडिदिँदा संक्रमण फैलिएर उनको मृत्यु भयो । डा। रविन कोइराला नेतृत्वमा उनको शल्यक्रिया भएको थियो । नेपाल मेडिकल काउन्सिलमा मृतकका आफन्तले उजुरी दिए, तर ती चिकित्सकमाथि कुनै कारबाही भएन ।

( ११ फागुन ०७४ मा नर्भिक इन्टरनेसनल अस्पतालमा कार्यरत दुई चिकित्सकले चितवनकी ३८ वर्षीया विन्दु पौडेलको देब्रे खुट्टाको अपरेसन गर्नुपर्नेमा दाहिने खुट्टाको अपरेसन गरिदिए । अस्पतालमा कार्यरत डा। प्रवीण नेपाल र डा। शैलेज रञ्जितकार शल्यक्रियामा सहभागी थिए । उपचारमा लापरबाही गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई एक महिना निलम्बन गर्‍यो

१८ महिने रिहान न्यौपाने
माथिका यी प्रतिनिधि घटना मात्रै हुन् । चिकित्सकको यस्तै लापरबाहिको कारण यतिखेर निकै पीडा भोगेका छन् काठमाडौं लैनचौर निवासी सञ्जीव न्यौपानेको परिवारले । चिकित्सकीय लापरबाहीका कारण न्यौपानेका १८ महिने छोरा रिहान न्यौपानेको जीवन जोखिममा परेको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको गलत उपचारका कारण उनको यो अवस्था भएको हो । सामान्य अवस्थामा जन्मिएको शिशुमा अस्पतालजन्य संक्रमण फैलियो ।

संक्रमण बढ्दै गएपछि शिशुमा मेनिनजाइटिस भयो । संक्रमणकै कारण मस्तिष्कको एक भाग विकास भएन । शिशु सामान्य रहेको भन्दै नौ महिनामा पाँचपटक न्युरो सर्जन डा। अमित थापाले शल्यक्रिया गरे । डा। दीपिका ढकालले शिशुलाई आवश्यकभन्दा बढी प्यारासिटामोल खुवाउन सिफारिस गरिन् । शिशु क्रमशः शारीरिक अपांगता मात्रै भएन मृत्युसँग लडिरहेका छन् । उपचारमा लापरबाही भएको उजुरीका आधारमा काउन्सिलले अनुसन्धान गर्‍यो, तर अस्पताल र सम्बन्धित चिकित्सकलाई सचेत मात्रै गराएर छाड्यो ।

अस्पतालले गरेको लापरबाहीका बारेमा नेपाल मेडिकल काउन्सिलले अनुसन्धानपछि कमजोरी भएको पुष्टि गरेको छ । तर, उपचारमा लापरबाही गर्ने चिकित्सक र अस्पताललाई कारबाहीबारे प्रष्टसँग सिफारिस नगर्दा उनीहरूले उन्मुक्ति पाएका छन् । काउन्सिलले अनुसन्धान प्रतिवेदन भने सार्वजनिक गरेको छैन । सामान्य अवस्थामा जन्मिएका रिहानको संक्रमण फैलिएर मेनिनजाइटिस भएको काउन्सिलका एक पदाधिकारीले बताए ।

काउन्सिलको प्रतिवेदनमा प्यारासिटामोल ओभरडोज खान सिफारिससमेत गरेको उल्लेख छ । मस्तिष्क विकास नभएको शिशुलाई नौ महिनाको बीचमा अस्पतालका न्युरो सर्जन डा। अमित थापाले पाँचपटक शल्यक्रिया गरेका थिए । रिहानका बुबा सञ्जीवले गलत उपचारले शिशुको ब्रेन विकास नभएकाको अवस्थामा समेत चिकित्सकले सुधार हुँदै छ भन्दै ढाँटेको आरोप लगाए । उपचारमा भएको लापरबाहीका कारण रिहानको टाउकोसमेत ‘भी’ आकारको बनेको छ ।

आवश्यकताभन्दा बढी औषधि सिफारिस
नेपाल मेडिकल काउन्सिलले गरेको अनुसन्धानले समेत डा। ढकालले ओभरडोज प्यारासिटामोल खुवाउन सिफारिस गरेको पुष्टि गरेको छ । ओभरडोज औषधि खान सिफारिस गर्ने डा। ढकाललाई अस्पतालले जागिरबाट हटाएको छ । काउन्सिलले पनि उनलाई एक साताका लागि एमबिबिएस ९जुनियर चिकित्सक०को अन्डरमा बसेर काम गर्नु भन्दै कारबाही गरेको छ । तर, शिशुको शल्यक्रियामा प्रत्यक्ष संलग्न डा। थापालाई भने आइन्दा यस्तो नगर्न सचेत मात्रै गराएको छ । गल्ती हुँदैमा धमाधम चिकित्सकलाई कारबाही गर्ने हो भने उपचार गर्ने चिकित्सक नै नरहने काउन्सिलको तर्क छ ।

ग्रान्डीको गम्भीर लापरबाही, काउन्सिलको कमजोर कारबाही
१। अस्पताल प्रशासन र उपचार गर्ने चिकित्सकबीच शिशुलाई आइसियुमा भर्ना गर्ने विषयमा फरक मत रहेको, चिकित्सकको रायविपरीत अस्पताल प्रशासनले आइसियुमा राख्न लिखित निर्देशन दिएको, शिशुलाई पारासिटामोल ओभर डोज दिएको र सोको स्वीकारसमेत गरेकाले अस्पतालका निर्देशकलाई सचेत गराउने ।

२। न्युरो सर्जन डा। अमित थापालाई चिकित्सा विज्ञानको आधारभूत सिद्धान्त पालना नगरेको र स्पष्ट सल्लाह नदिएको हुँदा अब उप्रान्त त्यस्तो विषयमा गम्भीर बन्न डा। अमित थापालाई सचेत गराउने ।

३। आवश्यकताभन्दा बढी डोज पारासिटामोल सिफारिस गर्ने डा। दीपिका ढकाललाई एक साता जुनियर डाक्टरको मातहतमा राखेर काम गराउने ।

४। परीक्षणको क्रममा सिटीरएमआरआई समयभित्रै गरिएको देखिएन । यस्तो प्रकारको जटिल स्वास्थ्योपचारमा अस्पतालभित्रै उपलब्ध सेवा सुविधा समयमै उपयोग गर्न सुझाब दिने । ढिला गर्ने वा गराउनुपर्ने कुनै कारण भएमा अभिलेख राख्न व्यवस्थापनलाई सचेत गराउने ।

५ अस्पतालभित्र स्वास्थ्योपचारको क्रममा हुने यस प्रकारका त्रुटि, कमजोरी न्यूनीकरण गर्न अस्पताल गम्भीर र जवाफदेही हुनुपर्ने ।

सजायका विषयमा आत्मसमीक्षा गर्छौँ
प्रा।डा। भगवान् कोइराला अध्यक्ष,नेपाल मेडिकल काउन्सिल
विज्ञहरूले मूल्यांकन गरेर मात्रै यो घटना टुंगो लगाइएको हो । चिकित्सकलाई गर्ने कारबाही साना वा ठूला भएको हुन सक्छन् । हामीले एमडी गरेको चिकित्सकलाई केही समय जुनियर ९एमबिबिएस० डाक्टरको अन्डरमा बसेर काम गर्न निर्देशन दियौँ । त्यो भनेका ठूलो कारबाही हो । औषधि सिफारिस गरेको, तर रगतमा त्यसको असर नदेखिएकाले केही छुट पाएको हो । विज्ञ व्यक्तिलाई विश्वास गर्नुपर्छ ।

लापरबाही भएको भनेर सर्वसाधारणको आवाज मात्रै सुनेको भरमा काउन्सिलले निर्णय गर्दैन । सजाय कडा वा नरम भएको विषयमा हामी आत्मसमीक्षा गर्दै जान्छौँ । क्षतिपूर्तिका उजुरी काउन्सिलमा थुप्रै परेका छन्, तर क्षतिपूर्तिको विषय काउन्सिलले हेर्ने होइन । हामीले हेर्ने भनेको शल्यक्रिया ढिला गरेर बिरामीलाई समस्या भएको छ वा छैन, न्यूनतम सुरक्षा विधि अपनाए नअपनाएको र पैसा नभएका कारणले बिरामीले सेवा पाएको छ कि छैन भन्ने हो ।

थप उपचारका लागि भर्ना लिन मानेनन् सञ्जीव न्यौपाने पीडितका बाबु
रिहानको उपचारमा निकै कठिन भइरहेको छ । चाँडो मुक्ति पाओस् भनेर प्रार्थना गर्नुबाहेक हामीसँग विकल्प छैन । अन्य निजी अस्पतालले पनि भर्ना लिन मान्दैनन् । उनीहरूले कान्ति बाल अस्पताल, शिक्षण अस्पताल लैजान सुझाब दिएका छन् । ग्रान्डी अस्पतालका निर्देशक डा। चक्रराज पाण्डेले गल्ती स्वीकार्दै अमेरिका, अस्ट्रेलिया जहाँ लगेर भए पनि बच्चाको उपचारको जिम्मा लिन्छु भनेका थिए ।

प्यारासिटामोलको ओभरडोज सकिएपछि नमुना परीक्षण गरियो । लिभरमा कुनै समस्या देखिएन, त्यसवेला डा। पाण्डेले हाम्रो कुनै गल्ती छैन भनेर बाहिरिए । सामान्य अवस्थामा जन्मिएको शिशुको संक्रमणका कारण दिमाग विकास भएन । जे नहुनु थियो सबै भयो । अब बच्चा राम्रो हुँदैन । मैले ठूलो माग राखेको होइन, बच्चालाई सारोगारो हुँदा अस्पतालले स्वास्थ्य उपचार गर्दियोस् भन्ने मात्रै हो । अहिले उपचार गर्ने ठाउँ कहीँ पाइनँ । नयाँ पत्रिकाबाट

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।