उपचारका लागि प्रचण्डपत्नी सीता पुगिन् पतञ्जली योगपीठमा (हेर्नुहोस् तस्वीरहरु)

हाम्रो सन्देश संवाददाता

काठमाडौँ  ।

लामो समयदेखि बिरामी रहेकी नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाल उपचारका लागि रामदेवको आश्रममा पुगेकी छन् ।

अध्यक्ष प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहाले सीतालाई आयुर्वेदिक उपचारका लागि भारतको उत्तराखण्डस्थित हरिद्वारमा रहेको पतञ्जली योगपीठमा उपचारका लागि लगेकी हुन । दाहालसँगै पूर्वमन्त्री मातृका यादव पनि सँगै पुगेका छन् ।

छोरी गंगाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सीता, योगपीठका बाबा रामदेव र आचार्य बालकृष्णसँगै बसेर खिचेको तस्बिर सार्वजनिक गरेकी हुन ।
सीता विगत लामो समयदेखि प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् ।

तस्वीर : गंगा दाहालको फेसबुकबाट

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।