प्रधानसेनापतिले डण्डा चलाउदा जमदारदेखि कर्णेसम्म सोत्तर

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ९, पुस ।

नेपाली सेनाभित्र प्रधानसेनापति पूर्णचन्द्र थापा आएपछि सुधारका संकेत देखा नपरेका होइनन् । थुप्रैखाले सुधारहरु भइरहेका छन् । अझ भनौ सेनाभित्र रहेका विभिन्न वेथितिलाई हटाउने प्रयास जारी नै राखेका छन् । उनको यो सुधार कार्यसँगै धेरैले जागिरबाट हात धुनुपरेको छ । सर्टिफिकेट काण्ड लागेपछि पूर्व प्रधानसेनापति रुक्माङगत कटुवालका छोरा प्रमुख सेनानी सुभाङ्गद कटुवालले राजीनामा बुझाएर हिँडेका छन् । यस्तै धेरैले राजीनामा दिएका छन् ।

उता बलात्कार जस्तो जघन्य अपराधको बात लागेर महासेनानी प्रेम थापाको जागिर चट भएको छ । उनले आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेको आरोप छ । त्यस्तै काण्डमा लागेर पूर्वी पृतना इटहरीका लेफ्टिनेन्ट कर्णेल सनिजकुमार रेग्मी बर्खास्तीमा परेका छन् । उनले आफू मातहतकी जमदार महिलाको संवेदनशील अंग मुसारेको आरेप छ । त्यस्तै मेकानिकल इञ्जिनियरिङतर्फ धनगढीमा कार्यरत एक जना मेजरले सेनाभित्रकै एकल महिलासँग फेसबुकमा अनेक थरी कुराकानी गरेका थिए । यसरी कुरा भएको चाल पाएपछि उनकी छोरीले उजुरी दिँदा मुख्यालयले कारबाही स्वरुप पद घटुवा गरेको छ । यसरी पद घटुवा गरेपछि उनले राजीनामा दिएका छन् ।

यस्तै यौनकाण्डकै कारण जमदार उत्सव महराले जागिरबाट मात्रै हात धोएका छैनन् । उनलाई तीन महिना कैद पनि हुने भएको छ । उनी सैनिक हस्पिटल छाउनीमा कार्यरत कुमाल थरकी महिला सिपाहीसँँग शारीरिक सम्बन्ध राखेका थिए । जमदार महरासँगै अकाए एक जनाको जागिर गएको छ । उनलाई पनि ३ महिलनाको कैद सजाय सुनाएको छ । उता सेनामा प्ले ब्वाईको उपनामले चर्चित महासेनानी दीप सिंहले भर्खरै राजीनामा दिएका छन् । अझै ३ वर्ष सेवा अवधि बाँकी छँदै राजीनामा दिएका सिंहले यौनकाण्ड लागेकै कारण राजीनामा दिएको खुलासा भएको छ । केही दिन अगाडी सैनिक अवासीय महाविद्यालय सल्लाघारी भक्तपुरका प्रिन्सिपल सुरेन्द्र पनेरु यतिखेर यौनकाण्ड लागेर निलम्बनमा परेका छन् । उनले १३ मंसिरमा विद्यालयको मुखपत्र ‘सल्लाघारी’ का लागि फोटो खिच्ने क्रममा कक्षा १२ मा पढ्ने छात्रामाथि दुर्व्यवहार गरेका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए ham[email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।