गायक रामकृष्ण ढकालले गरे सम्बन्ध बिच्छेद

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ९, पुस ।

गायक रामकृष्ण ढकालले सम्बन्ध बिच्छेद गरेका छन् |

बुधबार काठमाडौं जिल्ला अदालतमा श्रीमती निलम शाहसंग उनले सम्बन्ध विच्छेद गरेका हुन्।

न्यायाधीश विदुर कोइरालाको इजलासले ढकाल र शाहबीचको सम्बन्ध विच्छेद भएको निर्णय सुनाएको हो।

जिल्ला अदालतका एक कर्मचारीका अनुसार ढकाल दम्पत्तीबीच अलगअलग बस्ने भनेर सहमति भए अनुरुप न्यायाधीश कोइरालाको इजलासले सम्बन्ध विच्छेद गराइदिएको हो।

मुलुकी देवानी संहिता, २०७४ मा पति तथा पत्नी दुवैले चाहेमा जुनसुकै बेला पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।