क्रिश्मस मनाउनेहरुलाई भोलि सार्वजनिक विदा छ कि छैन ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ८, पुस ।

सरकारले भोलि सार्वजनिक विदा दिएको छ । क्रिसमस डे का लागि सरकारले विदा दिएको हो । इसाई धर्मावलम्बीहरुले भोलि आफ्नो पर्व क्रिसमस डे मनाउँदैछन् ।

विश्वभर रहेका इसाई धर्मावलम्बीहरुले बुधबार क्रिसमस डे धुमधामका साथ मनाउँदैछन् । क्रिसमस डेको अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीहरुलाई सार्वजनिक विदा दिएको हो ।

क्रिसमस लगायतका धार्मिक पर्वहरुमा मुलुकभर सार्वजनिक विदा दिइने प्रावधानलाई हटाएर पछिल्ला वर्षमा सम्बन्धित धर्मावलम्बीहरुलाई मात्रै विदा दिन थालिएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।