सडक दुर्घटनामा २ पुरष र एक महिलाको निधन !

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ८, पुस ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा आज बिहान नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको निधन भएको छ । गाडीको ठक्करबाट प्रदेश नं ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकल चालक ४० वर्षीय अर्जुनबहादुर केसीको घटनास्थलमै ज्या न गएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । मोटरसाइकलमा सवार श्रेष्ठका १४ वर्षीय छोरा अमिन भने सकुशल छन् ।प्रहरीका अनुसार कलङ्कीतर्फ आइरहेको मोटरसाइकललाई सोही दिशातर्फ आइरहेको गाडीले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाइएको छ । ठक्कर दिने गाडीको पहिचान नभएकाले खोजी जारी रहेको उहाँले बताउनुभयो ।

त्यस्तै झापाको दमकमा बसले ठक्कर दिँदा पैदलयात्री महिलाको ज्या न गएको छ । पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४६ वर्षीया महिलाको ज्या न गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बसको ठक्करबाट बाटो काट्दै गरेकी ती महिलाको घटनास्थलमा ज्या न गएको थियो ।मङ्गोल वर्णकी ती मृ तक महिलाको पहिचान हुन सकेको छैन । प्रहरीले दुर्घटनामा सङ्लग्न बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको दमक प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताउनुभयो ।त्यस्तै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हँुदा एक जनाको निधन भएको छ । निधन हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्मालेले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ख.३५५३ नंको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स१च ४९६ नंको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार विष्टको निधन भएको थियो ।ठक्करबाट एम्बुलेन्स चालकसहित चार घाइते भएका र घाइते भएकामध्ये तीनको विराटनगरस्थित नोबेल अस्पतालमा र एम्बुलेन्स चालकको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।