रवि र रन्जनाको बारेमा म संग प्रमाण छ भन्दै बैंग्लौरबाट आए एक युवा, रन्जनालाइ फोन लगाएर आफ्नो परिचय दिंदा दिइन यस्तो जवाफ (भिडियो)

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ७, पुस ।

जब रञ्जनाको अन्तरवार्ता सार्वजनिक भयो त्यो अन्तरवार्तालाई लिएर एक जना भारतको बैंलोरमा बस्ने ब्यक्ति वास्तविकता खुलाउन भन्दै नेपाल आएका छन् । रञ्जनाले एक पटक रवि भागेर भारत गएको र त्यो बेलामा करिब ७ महिना सम्पर्क विहिन भएको बताएकी थिइन् । त्यती बेला आफुसंग मात्र होइन आफ्नै आमाबुवासंग पनि रञ्जना सम्पर्कमा थिएनन् रञ्जनाको भनाई थियो ।

यो अन्तरवार्ता वाहिरिएपछि भारतको बैंलोरमा बसेर पढिरहेका एक जना सुशान्त पाण्डे अहिले नेपाल आएका छन् । यि पाण्डे ति ब्यक्ति हुन् जोसंग रवि संगै बसेका थिए । उनीहरुले करिब डेढ महिना संगै बिताएका थिए ।

रविलाई पाण्डेले नै नेपालको सिमानावाट भारतसम्म लगेका थिए । जुनवेला रविलाई उनलाई भेटेको थिए त्यतीबेला पाण्डे जिवन देखि निकै निरास थिए । उनले जिवनमा सबैतिरवाट हरेस खाएका थिए । तर रविसंग करिब एक महिना १५ दिन संगै बस्दा उनी पुरै परिवर्तन भए । उनको जिवनमा पनि आश पलायो । रविले देह त्याग गरेको भन्ने खबरले पाण्डे निकै अचम्ममा परेको बताए । उनले भने, मैले रवि जस्तो मान्छे भेटाउँछु जस्तो लाग्दैन ।

रवि जस्तो सबैलाई सहयोग गर्न र देह त्याग गर्नुे सबैभन्दा कायर हो भन्ने मान्छेले त्यस्तो निर्णय गरे होलान् भन्ने मैले कल्पना पनि गर्न सक्दिन । जुन बेलामा म जिवन देखि हार खाएको थिए त्यती बेला उनले भनेका ति शब्दले नै मैले जिवन जिउने कोशिष गरेको हुँ । देहत्याग कायरले मात्र गर्छन भन्ने मान्छेले नै त्यस्तो निर्णय गरे भनेर आफुलाई विश्वास नै नलागेको उनको भनाई छ ।

ति ब्यक्ति यो भिडियोमा रञ्जनालाई किन गलत कुरा बोलेको भनेर सिधै कुरा गरेका छन् । रवि भारतमा झ’गडा गरेर बस्न गएको रञ्जनाको कुरालाई उनले गलत भनेका छन् । उनले ति शुसान्तलाई पनि सुरुमै चिन्दिन भनिन् । सुशान्तले रवि र तपाईकोबीचमा कुराकानी भएको मैले आफै देखेको हो भनेर रञ्जनासंगै भनेका छन् । उनले म आफै साक्षी प्रमाण हो भन्दा मलाई थाहा छैन भनिन् । रञ्जनाले पाण्डेसंग कुरा गर्न चाहन्न भनेकी थिइन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।