आईजिपीको ठाडो आदेशमा करिव ९० जना चिनियाँ पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ७, पुस ।

प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनालको ठाडो आदेशमा प्रहरी काठमाडौंको विभिन्न स्थानबाट करिव ९० जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

आईजिपीको प्रत्यक्ष मातहतमा रहने केन्द्रिय अनुसन्धान ब्ययुरो (सिआईबि) ले राजधानीको मनमैजु, महाराजगञ्ज, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो।

शंकास्पद गतिविधीमा संलग्न रहेको शंकामा उनीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको सिआईबिका बरिष्ठ प्रहरी उपरिक्षक रामदत्त जोशीले जानकारी दिए। उनले भने, ‘आईजिपी साहेबको आदेशमा उनीहरुलाई पक्राउ गरेर कारवाही शुरु गरिएको हो।’

पक्राउ परेका चिनियाँ नागरिकहरु पर्यटक भिसामा नेपाल आएर गैरकानुनी कार्यमा संलग्न रहेको श्रोतले जानकारी दिएको छ। प्रहरी उनीहरुको साथबाट ल्यापटप, मोबाईललगायतका उपकरणहरु पनि नियन्त्रणमा लिएको छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।