‘आफु रुदै जन्मेर, अरुलाई रुवाउदै मर्ने जात हो मान्छे,’ हिमानी शाहका पढनै पर्ने अत्यन्तै उत्प्रेरक भनाईहरु !

हाम्रो सन्देश संवाददाता

समय त समय मै वदलिन्छ, तर मान्छे कहिले वदलिन्छ, केही थाहा हुदैन । त्यसैले भाग्य र समयलाई होइन, स्वयम् आफैमा निर्भर हुन सिकौ । खुशी त यो दिल भित्र छ सिरीफ सन्तुष्ट रहन जान्नुपर्छ ।

‘भगवानको भोक नै प्रेम हो’ जती हामी एक अर्कालाई प्रेम, माया, स्नेह, असल व्यवहार गर्छौ त्यती भगवान प्रसन्न हुनुहुन्छ ।

कठिनाई समय अनी दुखको परिस्थितिमा सबैभन्दा महत्वपूर्ण धैर्य हुन्छ । जसलाई कसैले देख्न सक्दैन छेक्न सक्दैन, समस्यालाई बाड्नु पर्छ जसले यसलाई अङ्गाल्छ उसको अनुरोध एकदिन स्वीकार हुनेछ । जसले अस्वीकार गर्छ उसलाई सधैभरी समस्या सगँ अल्झी रहनु पर्नेछ ।

‘आफु रुदै जन्मेर, अरुलाई रुवाउदै मर्ने जात हो मान्छे’

आखीर बिचको समय त छ नि रु हामी सुष्म चेतना भएको मान्छे सदुपयोग गर्न सक्छौ नि रु किन ब्यर्थै घमंड ,रिस, हामीमा भएको अहंकारलाई हटाउनु सक्नु नै सफल पुण्य कर्म गरेको ठहरिन्छ ।

‘दुख होइन परिश्रम गर्ने हो’ सुख र मनोरंजन त क्षणिक हुन्छन्, असल मार्ग दर्शन गरेर अरुलाई पनि चेतना बाड्ने हो अनेथा तपाईले जानेको कुरा तपाईमा सिमीत रहनेछ ।

चाहदा नजाहदै पनी हरेक सवाल आउछन, कतीपय प्रश्नको उत्तर बिहिन मावल आउछन्, तर पनी आफ्नै लागी जिउने यहा हजुर, जसले जे भनेपनी सबै शब्दका अर्थ लाउछन् ।

यदी प्रेममा भ्रष्टाचार हुन्थ्यो त, सबैभन्दा ठुलो भ्रष्टाचारी तिमी ठहरिन्थ्यौ डियर । साथी होस या प्रेम यो त जीवन्त रहन्छ , कुनै एकाउन्ट होइन जसको पासर्वड फेरेर फेरीने डियर । आफ्नो घरको बाख्रा बेचेर वाबुले छोरालाई पढ्न पठाए , छोराले त्यही पढ्ने प्रेमीकाको लागी त्यही पैसाले उपहार किनेर दियो । राम्रो संस्कार त घरमा मिल्छ नत्र ठुलाठुला स्कुलमा त वस शिक्षा मात्र दिइन्छ ।

प्रेम भनेको त ताल्चा र चाबिको जस्तो होस, चाबी नभए ताल्चा नखुल्ने अनि एउटा चाबिले अर्को ताल्चा खोल्न नसक्ने । केही सम्बन्धहरु यसकारण अधुरो रहन्छन्, एकले भन्न सक्दैन र अर्कोले सम्झिन सक्दैन । अपनाउनका लागी हजारौ सिप खुबी पनि कम हुने गर्छ, केवल छोड्नको लागी एउटा गल्ती नै काफी हुदो रहेछ ।

आशुमा भिज्नु र अरुका झरेका आशु हेर्नुमा धेरै फरक छ साथी, साँचिकै भोगाईमा हुन्छ सुनाईमा होईन सोचाईमा होइन । आफ्नोपन तव सम्म सिमीत रहने रहेछ, जव सम्म उसको आवश्यकता पुरा हुदैन । नत्र सबै चन्द्रमा होइन सुर्य मन पराउथे सिधै हेर्न मिल्ने भएको भए ?

नारी एक होइन, दुई(दुई परिवारको भाग्य लिएर जन्मछिन् ।

मानौ की तपाई कसैको भाग्य बदल्न सक्नु हुन्न तर असल प्रेरणा दिएर, कसैलाई मार्ग दर्शन त गराउन सक्नु हुन्छ नि रु म भन्छु जीवनमा कहिल्यै मौका मिल्यो भने सारथी बन्नु, स्वार्थी होइन ।

सम्बन्ध निभाउन लाई बुद्धि होइन दिल शुद्धि चाहिन्छ । सत्य बोल्नुपर्छ स्पष्ट बोल्नुपर्छ, सिधा बोल्नुपर्छ सही बोल्नुपर्छ ।

जो आफ्नो भयो भने समझनेछ, पराई भयो भने छुटनेछ । हमेशा यस्तो व्यक्तिलाई समालेर राख्नुहोस्, जसले तपाईलाई यी तिन चिज दिएको छस त्यो हो साथ, समय, समर्पण ।

राधा कृष्ण को प्रेम, त्याग र समर्पणबाट, नै यो ज्ञान मिल्दछ की हामीले हरकोहीलाई गर्ने माया प्रेम निस्वार्थ साँचो हुनु जरुरी छ रु

खै कसरी बुझाउ म त्यो भरोसाको भाषा । यहा त प्रहर प्रहरमा समझौता छ जिन्दगी । नारीको जिन्दगी मुहानको जल नदीको पानी हो, यदि तपाईले फोहोर मिलाउनु भयो भने नालाको पानी भएर जान्छ, सुगन्ध मिलाउनु भयो भने पवित्र गंगाजल बन्छ।

त्यसैले यो ज्ञात हुन जरुरी सबै नारी र पुरुष दुवैलाई हामी एक अर्काको निर्भर हौ र हामीले आफ्नो स्वार्थ त्यागेर आफ्नो र आफ्नी लाई ध्यान गरौ ।

साँच्चै जिन्दगी कसले बुझ्यो रु केही पाउन केही गुमाउनु पर्छ भन्नेले बुझ्यो की रु सबथोक गुमाएर पनि केही नपाउनेले बुझ्यो रु

मैले त केही बुझिन रु अलपत्र छ जिन्दगी कसैले बुझ्न नसकेर त कसैलाई बुझाउन नसकेर । आज असफल छु त्यसैले एक्लो छु ” जुनदिन सफल हुनेछु नि त्यो दिन मेरा पनि आफ्नाहरु हुनेछन् । सम्बन्धको गलत फाइदा कहिल्यै नउठाउनु सम्बन्ध त धेरै आउने गर्छ तर राम्रो मान्छे जिन्दगीमा बार बार आउने गर्दैन ।

संसार हाम्रो अस्थायी घर हो, यहाँ हामी असल कार्य गर्न रुदै जन्मिदै रुदै मर्न मात्र आएका हौ खुशी पनी हाम्रै हातमा छ भने सहयोग पुन्य सबै भावनाको सहायता हामी सँग छ, अनेथा जिन्दगी बुझ्नेमा भर पर्दछ ।

धन्यवाद ।

यी उत्प्रेरक भनाईहरु हिमानी शाहको फेसबुकबाट कलेक्सन हौ

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।