आफुलाई कलाकारिता क्षेत्रमा स्थापित गराउदै श्रद्दा !

हाम्रो सन्देश संवाददाता

नेपालि गीत संगीत  तथा कलाकारिता क्षेत्रमा प्रवेश गर्ने कलाकारको यति बेला घुईचो लागेको छ ।आफुलाई यो क्षेत्रमा स्थापित गराउने सोचको साथ धेरै कलाकार अहोरात्र लागिरहेका छन ।उनि यो क्षेत्रमा आफु सफल हुने उद्देश्यको साथ लागिरहेको बताउछिन नको नाम हो श्रद्दा गौतम ।

 

सन् २०१४ देखि आफ्नो क्यारियर शुरु भएको बताउने उनि मिस राजधानीमा भाग लिएर उत्कृस्ट पाचमा परेपछि झन् आफु यो क्षेत्रमा दिलोज्यान दिएर लागेको बताउछिन ।आफु पत्रकारिताको बिधार्थी भएको कारण पनि यो क्षेत्रमा आउन सजिलो भएको उनको भनाइ छ ।अहिले सम्म उनीले पाच वटा म्युजिक भिडियोमा अभिनय गरेको उनको भनाइ छ ।

महिला कलाकारको शोषणको बिषयमा उनलाई प्रश्न गर्दा उनि भन्छिन त्यो कुरा आफुमा भर पर्छ किनकि यो कुरामा जबरजस्ती कसैले गर्ला जस्तो लाग्दैन ।कलाकार बन्न हरेक कुरामा आफु पोख्त हुनु पर्ने अनि अध्ययन अनि पढाइ पनि हुनु पर्ने बताउदै पैसा र रुपले मात्र कोहि पनि कलाकार बन्न नसक्ने अहिले समय परिबर्तन भएको उनको भनाइ छ ।आफुले गीतसंगीतलाई धेरै कुरा सिकाएको र आफुले पनि सकेसम्म धेरै यॉगदान दिने सोच बनाएको बताउछिन ।उनि भन्छिन म सिकेर कहिले पनि अघाउदिन म सिक्ने क्रममा नै रहेकी छु ।

प्रेम नदेखे पनि महसुस गर्न सकिन्छ अनि प्रस्ताब आउने र प्रस्ताब गर्नेलाई आफुले आदार गर्ने उनको भनाइ छ ।सेक्स आधारभूत आवस्यकता हो जुन चिज सबैलाई चाहिने उनको भनाइ छ ।
उनको सांगेतिक जिबन सफल होस् हाम्रो शुभकामना ।

 

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।