मोहना नदीमा निर्माण भइरहेको तटबन्धन भारतले रोक्यो, काम बिचमै अलपत्र

हाम्रो सन्देश संवाददाता

पुस ५, काठमाडौँ ।

कैलालीको मोहना नदीमा निर्माण भइरहेको तटबन्ध भारतले रोकेको छ । टीकापुर नगरपालिका(७ कालाकुण्डाको मोहना नदीमा निर्माण भइरहेको उक्त तटबन्ध भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले रोकेको हो ।

राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया कुला सिचाईं आयोजनाले मोहना नदीमा निर्माण गरिरहेको तटबन्धन भारतीय सीमा सुरक्षा बलले रोकेपछी अलपत्र परेको हो । उक्त क्षेत्रमा ७ सय ५० मिटर तटबन्ध गर्न रमन स्काई जे।भी। निर्माण कम्पनीसँग सम्झौता गरेपनि भारतीय एसएसबीले रोकावट गर्दै आएको छ ।

भारतीय एसएसबीले आँफैले सिमाना निर्धारण गर्दै आएका कारण तटबन्ध निर्माणकार्य अलपत्रमा परेको निर्माण कम्पनीले जनाएको छ । भारतले गरेको अवरोधका विषयमा आँफुहरुले प्रशासनलाई समेत जानकारी गराएको कम्पनीका प्रतिनिधि धिरेन्द्र शाहीले बताएका छन् ।

शाहीका अनुसार भारतीय सीमा सुरक्षा बलले तटबन्ध निर्माण गर्नका लागि सीमाना तोकिदिएपछि निर्माण कम्पनीले कहाँ बनाउन कहाँ छाड्ने भन्ने दोधारमा परेका कारण अहिले तटबन्ध बिचमै रोकिएको बताएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।