अस्पतालले ४ वटा खोप एकै पटक लगाइदिएपछि डेढ महिने बालिकाको मृ’त्यु

हाम्रो सन्देश संवाददाता

पुस ५, इलाम ।

इलाम माङ्सेबुङ्ग गाउँपालिका वडा न.४, सिमलटार स्थित स्वास्थ्य इकाईमा बिसिजि खोप लगाउन ढिलो भएको भन्दै एकै पटक बिसिजि खोप र अन्य छ हप्तामा लगाउने खोप लगाउदा डेढ महिनाको बालिका बुनु देवानको मृ’त्यु भएको छ।एकैपटक चार वटा सुई लगाए पछि भार थेग्न नसकेर बिरामी भएको बालिकालाई बिराटनगर स्थित न्युरो अस्पतालमा लग्ने क्रममा मृ’त्यु भएको थियो। उक्त घ’टना पश्चात् मृ’तक परिवारले घ’टनाको सत्य तथ्य छानबिनको लागि माग गरेका छन्।आ’कस्मिक घ’टना घ’टेको र यस घ’टनाको सत्य तथ्य बाहिर आई नसकेको त्यसको निम्ति मृ’तक परिवार, स्वास्थ्य चौकी, स्थानीय सरकार र नागरिक समाज चारै पक्ष पुस ३ गते बिहिवार उक्त बिषयमा छलफल गरि घ’टनालाई टुंगोमा पुर्याउने सहमति भएको स्थानीय आशिष जबेगु लिम्बूले बताए। स्वास्थ्यकर्मीहरुले अकल्पनीय घ’टना घ’टेको र आफुहरुले सरकारको नियम अनुसार नै सुई प्रयोग गरेको बताउदै आएको छन।

यो पनि पढ्नुसपाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।