कामचलाउ प्रधानमन्त्री ओलीलाई दाहाल-नेपाल समूहले कालो झण्डा देखायो

हाम्रो सन्देश संवाददाता

विराटनगर, ८ फागुन ।

कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा नेकपा दाहाल नेपाल समूहका विद्यार्थी तथा युवाहरुले कालो झण्डा देखाएका छन् । प्रधानमन्त्रीलाई विद्यार्थी र युवाहरुले विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्ट मोडमा कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

आज विराटनगरमा ओली समूहको कार्यक्रममा सहभागी हुन उनी गएका थिए ।

प्रचण्डलाई नेता मानेर हिड्न नसक्ने भन्दै ओली समूहमा फर्किए पूर्वमन्त्री तामाङ दम्पती

पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ दम्पती ओली समूहमा फर्किएका छन् ।

दुई महिनाअघि प्रधानमन्त्री केपी ओली पक्षबाट प्रचण्ड–नेपाल समूहतर्फ लागेका नेता तामाङ र उनकी पत्नी प्रदेश १ की सांसद उषाकला राई ओली समूहमै फर्किएका हुन् ।

पुष्पकमल दाहाल प्रचण्डलाई नेता मानेर हिड्न नसक्ने भन्दै आफुहरु दुवैजना ओली समूहमै फर्किएको उषाकलाले बताइन् ।

‘माओवादीको दृष्टिकोणअनुसार व्यवस्थापन हुने देखिएन । त्यसैले ओली पक्षमै फर्कने निर्णय गरेँ, उनले भनिन्, ‘कुनै पदको प्रलोभनमा परेर ओली पक्षमा आएको होइन । अब धेरै पूर्वएमालेका साथीहरू मुल पार्टीमै फर्किनुहुन्छ ।’

नेकपा दुई समूहमा विभाजित भएपछि तामाङ दम्पती प्रचण्ड–नेपाल समूहमा लागेका थिए ।