फेरी यी बलिउड स्टार कंगनालाई असन्तुष्टि !! यस्तो छ कारण ?

हाम्रो सन्देश संवाददाता

बलिउड पछिल्लो समय विभाजित देखिन थालेको छ । भाजपा सरकारलाई हेर्ने दृष्टिकोणमा बलिउडका धेरै कलाकारहरुको फरक फरक मत छ ।

आमिर खान, नसिरुद्धिन शाहलगायत कलाकारले मोदी सरकारको उदयपछि भारतमा असहिष्णुता बढेको बताउने गरेका थिए, त्यही अक्षय कुमार, अजय देवगनजस्ता स्टारले उनीहरुको खण्डन गर्दै सरकारको बचाउ गर्ने गरेका थिए ।

यो मुद्दा हो हालै भारतीय संसदले पास गरेको नागरिकता ऐनको संशोधन । संशोधनले बंगलादेश, अफगानिस्तान र पाकिस्तानबाट २०१४ डिसेम्बरभन्दा पहिले शरणार्थीका रुपमा भारत आएकालाई नागरिकता दिने व्यवस्था गरेको छ । तर, यसमा मुस्लिम धर्म मान्नेलाई भने समावेश गरिएको छैन ।

संशोधनको भारतका विभिन्न स्थानमा विरोध भइरहेको छ भने सर्वोच्च अदालतमा पनि मुद्दा परेको छ । यी प्रदर्शनमध्ये पछिल्लो समय दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयका विद्यार्थीको प्रदर्शन र त्यसमा भएको पुलिसको दमनको चौतर्फी विरोध भएको छ । यो विरोधले बलिउड स्टारहरुको पनि ध्यान तानेको छ ।

जेएनयूकी पूर्व विद्यार्थी अभिनेत्री स्वारा भास्कर राजनीतिक र समाजिक विषयमा ट्विटरमा टिप्पणी गरिरहनेमा पर्छिन् । उनले यस्तो विषयमा नबोल्ने कुरै भएन । विद्यार्थीमाथिको दमनको विरोधमा बलिउडका प्रायः सबैजसो कलाकार खनिए ।

अजय देवगनदेखि फरहान अख्तर, कंगना रनावत हुँदै वरुण धवनसम्मका स्टारले यसको विरोध गरेका छन् । वरुणले त आफू मुम्बईमा भएको र सुरुमै दिल्लीको कुरा थाहा नभएको भन्दै ट्विट गरे । रोशन अब्बासले चाहिँ शाहरुख खान यस्तो मुद्दामा किन चुप भनेर प्रश्न गरे ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।