इलियानाको यस्ता तस्बिर बाहिरएपछी बलिउडमा मचियो हंगामा

हाम्रो सन्देश संवाददाता

बलिउड अभिनेत्री इलियाना डिक्रुज फिल्मका साथै आफ्ना हट तस्बिरका कारण चर्चामा छिन् । उनले आफ्ना हट तस्बिर सेयर गरेकी छन् ।

उनका यी तस्बिर सोसल मिडियामा भाइरल भइरहेका छन् । इलियानाका यी तस्बिरमा फिल्म ‘मैं तेरा हिरो’ मा उनका कोस्टार रहेका वरुण धवनले आकर्षक कमेन्ट गरेका छन् ।

तस्बिरमा इलियानाले सेतो स्विम सुट लगाएकी छन् । तस्बिरको साथमा उनले क्याप्सन लेखेकी छन्, ‘वेटिङ फर द सन टु कम आउट।’ इलियानाको यो तस्बिरमा वरुणले थन्डर (चट्याङ) को संकेत पोस्ट गरेका छन् । इलियानाको यो तस्बिरले सोसल मिडियामा लाइक र सेयर धेरै पाएको छ ।

बलिउडका सेलिब्रिटी पनि इलियानाका तस्बिरमा कमेन्ट गरिरहेका छन्। मलाइका अरोराले ‘फायर’ को इमोजी पोस्ट गरेकी छन्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।