सुन साताभरिकै उच्च मूल्यमा, तोलाको ७१ हजार ५ सय रुपैयाँ

हाम्रो सन्देश संवाददाता

पुस १, काठमाडौँ ।

स्थानीय बजारमा मंगलवार सुनचाँदीको मूल्य बढेर एक साताकै उच्च भएको छ । मंगलवार सुन अघिल्लो दिनभन्दा प्रतितोला दुई सय रूपैयाँले बढेर ७१ हजार ५ सय रूपैयाँमा उक्लिएको हो ।
यो एक साता यताकै उच्च मूल्य हो । एक साताअघि प्रतितोला ७० हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । साताभरिमा प्रति तोला सुनको मूल्य आठ सय रूपैयाँले बढेको हो ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार चाँदी पनि एक साताकै उच्च मूल्यमा उक्लिएको छ । साताभरिमा प्रतितोला २० रूपैयाँले बढेको हो । मंगलवार प्रतितोला पाँच रूपैयाँले बढेर ८ सय ५० रूपैयाँमा उक्लिएको छ । सोमबार प्रतितोला ८ सय ४५ रूपैयाँ थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।