हाम्रै नेपालमा : यस्ता खाजा घर भित्र खुलेआम दे’हव्या’पार

हाम्रो सन्देश संवाददाता

काठमाडौ ।

नेपालमा दे’हव्या’पार कसरी बढीरहेको त्यसको कसैसँग आँकडा छैन । तर एउटा कुरा के सत्य हो भने खाजा घरका नाममा पनि यस्तो हर्कतहरु भइरहेका छन् । कानुनी मान्यता नभए पनि मान्छेहरु यो पेशामा आबद्ध भइरहेका छन् । यस्तै भरतपुर महानगरपालिकाभित्रै बन्धक बनाएर एक युवती र एक किशोरीलाई दे’हव्या’पारमा सङ्लग्न गराएको रहस्यको पर्दाफास भएको छ । यस्तो कार्यमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालयले तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

उनीहरुलाई चलचित्रकै शैलीमा होटलमा लुकाएर दे’हव्या’पारमा धकलेको खुलेको छ । यहाँको वडा नं २९ मा रहेको होटल खोटाङ हलेसी एण्ड सगरमाथा गेष्टहाउसका सञ्चालकले काठमाडौँबाट युवती तथा किशोरी लगेर ध’न्दा सञ्चालन गरेका थिँए । लामो समय देखि हराएका भनिएकी एक युवती र एक किशोरीलाई दे’हव्या’पारमा लगाएको प्रहरीले जानकारी दिएको छ । गत कात्तिक २७ गते काठमाडौँबाट हराएकी एक युवती र किशोरीलाई त्यहाँ लगेर दे’हव्या’पारमा लगाइएको खुल्न आएको छ ।

राजधानी काठमाडौँमा कोठा भाडामा बस्ने २२ वर्षीया संगीता थापा (नाम परिवर्तन) युवती र १४ वर्षीया कृष्णा राई (नाम परिवर्तन) लाई काठमाडौँबाट चितवनसम्म ल्याउने काम भने अरु कसैले गरेको खुलेको छ । यस अभियानमा धरानकी एक युवतीको भुमिका खेलेको खुलेको छ । विशेष सन्देश पाएपछि प्रहरीले सो होटलमा छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पटक–पटक होटलमा खानतलासी गर्दासमेत उनीहरुलाई फेला पार्न सकिएको थिएन ।

प्रहरीको निगरानीपछि उनीहरुलाई मुग्लिनतर्फ लैजाने क्रममा पक्राउ गरिएको हो । उनीहरुले पक्राउपछि सोही होटलमा दे’हव्या’पारमा लगाएको बयान दिएका छन् । त्यसपछि उनीहरुसहित प्रहरी होटल पुगेर हेर्दा अन्धकार कोठामा राखेर दे’हव्या’पारमा लगाइएको देखियो । प्रहरीले होटलका सञ्चालक ५० वर्षीय जङ्गबहादुर क्षेत्री, उनकी श्रीमती ३९ वर्षीया निर्मला थापा र धरान उपमहानगरपालिकाकी २४ वर्षीया रेसिका राईलाई पक्राउनियन्त्रणमा लिएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।