हिटर ताप्दै हुनुहुन्छ ? विचार गर्नुहोस् ज्यान जान सक्छ

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३० मङ्सिर

केही दिन यता राजधानी लगायत देशभर चिसो बढेको छ । चिसो बढेपछि देखिने विभिन्न खालको स्वास्थ्य समस्याका कारण र बालबालिकामा चोसोले पुर्‍याउने असरका कारण धेरैले त्यसबाट बच्नका लागि उपायहरु खोज्ने गर्छन् ।

न्यानो कपडाको प्रयोग गरेपनि आसपासको वातावरण चिसो हुने भएका कारण हिटर बाल्ने गरिन्छ । जाडो मौसममा चिसोबाट बच्न हिटरको प्रयोग गर्दा भने धेरै कुरामा ध्यान दिन जरुरी हुन्छ । नत्र यसले ज्यान नै लिन सक्छ ।

यसरी चिसोबाट जोगिन घरको झ्याल ढोका बन्द गरेर हावा नछिर्ने गरी हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बन मोनोअक्साइड ग्याँस बढ्न जाने र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्ने वा मृत्यु नै पनि हुन सक्ने विशेषज्ञहरू बताउँछन् ।

त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र प्रयोग गर्नु पर्ने चिकित्सकहरूले सुझाव दिन्छन् । लामो समयसम्म हिटर ताप्ने गर्दा यसबाट निस्कने विभिन्न खालका रासायनिक तत्त्वहरूले हाम्रो स्वास्थ्यलाई थप असर गर्ने गर्छ ।

धेरै समयसम्म हिटर लाप्ने गर्दा यसले हाम्रो शरीरलाई गर्मी पैदा गर्नुका साथै छाला सुक्खा गराइदिन्छ । यस्तै हिटरको हावाले छालाको क्वालिटिमा समेत असर गर्छ । यसले छाला फुट्ने चाउरीपन देखा पर्नेगर्छ ।

कोठामा बालिने हिटरले हामीलाई चिसोबाट बच्न सहयोग गर्छ। तर लामो समयसम्म कोठामा हिटर बालेर ताप्दा यसको प्रकासले हाम्रो आखाँलाई असर पुर्‍याउछ, यसले आखाँको ज्योती कमजोर बनाउनुका साथै आँखा सुक्खासम्म बनाउँछ ।

त्यसैले नजिकै बसेर हिटर ताप्नु हुँदैन । सकेसम्म १० सेन्टिमिटर टाटा राखेर हिटर ताप्ने गर्नुपर्छ । यदि हिटर ताप्दै हुनुहुन्छ भने इलेक्ट्रिकल हिटरभन्दा ग्यास हिटर ताप्नु स्वास्थ्यको लागि राम्रो हुन्छ । ग्यास हिटरले इलेक्ट्रिकल हिटरभन्दा कम अक्जिनलाई असर गर्छ । यस्तै ग्यास हिटरले कार्बनमोनोअक्साइड ग्यास पनि कम फाल्ने गर्छ । जसले गर्दा लामो समयसम्म पनि ग्यास हिटर ताप्ने गर्दा पनि स्वास्थ्यलाई खासै असर गर्दैन ।

हिटरलाई वेलावेलामा बन्द गर्ने गर्नुपर्छ। र, प्रयोग नभएको समयमा झनै यसलाई सधैँ बन्द गर्न आवश्यक छ । राति सुत्नेवेला पूर्ण रूपमा हिटर बन्द गर्नुपर्छ ।

नजिकै बसेर हिटर ताप्नुहुँदैन । यसले छाला सुक्खा हुने, आँखामा समस्या आउने र नाकको रक्तनली फुट्नेजस्ता समस्या देखापर्छन् ।

बालबालिकाको पहुँच पुग्ने ठाउँ वा बाटोमा हिटर कहिल्यै राख्नुहुँदैन । मुटु, श्वासप्रश्वासजस्ता रोगका बिरामीले हिटर प्रयोग गर्नुहुँदैन ।

पानी, चिया, कफीजस्ता पेयपदार्थ पिउँदै हिटर ताप्नु उचित हुन्छ । यसले छाला सुक्खा हुने समस्याबाट बचाउँछ। छिट्टै आगोले टिप्ने वस्तु हिटरअगाडि राख्नुहुँदैन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।