चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० मङ्सिर ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ। भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्यु आइतबार राति १० बजेर २० मिनेटमा भएको पारिवारिक स्रोतले जनाएको छ ।

भट्टराई अनामनगरमा बस्दै आएका थिए भने घरमा रहेकै बेला एकाएक स्वास्थ्यमा समस्या आएको थियो । चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले उनले पार्थिव शरीर सोमबार बिहान २ बजेपछि लचित्र विकास वोर्डको कार्यालयमा श्रदाञ्जलीका लागि राखिने जानकारी दिए । त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । उनको हृदयघातका कारण निधन भएको बताइएको छ ।

भट्टराई एक वर्षअघि चलचित्र विकास वोर्डको अध्यक्ष चयन भएका थिए। करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय ५४ वर्षिय भट्टराई एक पत्नी र छोरा रहेका छन्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।