ठाउँ ठाउँमा बत्ति जानुको कारण यस्तो छ : कुलमान

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ मङ्सिर ।

केही दिनयता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिद्युत जाने र आउने भइरहेको छ । ग्राहकलाई विद्युत आपूर्तिका लागि विद्युत परिणाममा कुनै समस्या नभएपनि प्राविधिक समस्याका कारण बिद्युत आपूर्तिमा समस्या आएको हुन सक्ने विद्युत प्राधिकरणले जनाएको छ ।

हिजो र अस्ति पानी परेका कारण केही प्राविधिक समस्या आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

उनले भने– ‘हिजो र अस्ति पानी परेको थियो । लामो समय पानी नपरेर एक्कासी पानी परेपछि विद्युत वितरणमा समस्या आउछ । विद्युत प्रर्याप्त मात्रामा छ केही ठाउँमा प्राविधिक समस्या आएको हुनसक्छ । त्यसलाई हामीले हेरिरहेका छौँ ।’

ललितपुरका विभिन्न क्षेत्रका साथै काठमाडौंका केही स्थानमा शनिवारदेखि विद्युत जाने आउने गरिरहेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।