सिन्धुपाल्चोकमा बस दुर्घटना मृतकको संख्या १६ पुग्यो, २० गम्भीर घाइते

हाम्रो सन्देश संवाददाता

सिन्धुपाल्चोक ,२९ मङ्सिर ।

दोलखाको कालिन्चोकबाट काठमाडौँ फर्कदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ भने २० जना गम्भीर घाइते भएका छन् ।
तीर्थयात्रका लागि भक्तपुरबाट कालिन्चोक गएका तीर्थयात्रु बोकेको बा ४ ख ४४६८ नंम्बरको सो मिनिबस आज विहान करीब ७ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । सो बस सडक घुम्तिबाट करीब डेढ सय मिटर तल सडकमा सखेको जिल्ला ट्राफिक कार्यालय खाँडीचौरका सइ राजेशप्रसाद दाहालले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालले सो बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको र घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको बताए ।

घटनाको थप विवरण आउन बाँकी नै छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।