दुनियाँको आँशु खस्ने यस्तो भावुक पत्र लेखेर संसारबाट विदा भईन यी डाक्टर

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

पछिल्ला दिनमा समाजमा ह**त्या, हिं*सा, ब*लात्का*रजस्ता घटनाहरु बढ्दै गइरहेका छन् । यी घटनासँगै अर्को महत्वपुर्ण चुनौतीको रुपमा देखिएको आ*त्मह**त्या पनि एक हो । यो बीचमा बिहीबार मुम्बई प्रहरीले बीवाईएल नायर अस्पतालकी २६ वर्षे पायल टाड्वीको पत्र सार्वजनिक गरेको छ । उनले मे २२ को दिन आ*त्मह**त्या गरेकी थिइन् ।

आ*त्मह**त्याको आफूसँगै अध्ययनरत तीन चिकित्सक विद्यार्थीले दिएको मानसिक यातना, अपमान र दुव्र्यवहार जिम्मेबार रहेको उनले नोटमा लेखेकी छिन् । तीन पानाको पत्रमा हेमा अहुजा, भक्ति मेहर र अंकिता खण्डेवला आ*त्मह**त्याको लागि जिम्मेवार रहेको गम्भीर आरोप लगाइएको छ ।

नोटमा भनिएको छ, ‘मेरो र स्नेहाल सिन्दे(अर्की सहपाठी विद्यार्थी)को अवस्थाको लागि हेमा अहुजा, भक्ति मेहरे र अंकिता खण्डेलवालाई जिम्मेबार मान्दछु ।’ सीमान्तकृत समुदायकी ताड्वीको आ*त्मह**त्याले भारतीय चिकित्सिा क्षेत्र र भारतको ‘सेक्लुडेड कास्ट–सेक्लुडेड ट्राइब’ समुदायलाई स्तब्ध बनाएको थियो । ताड्वी महाराष्ट्रको सेक्लुडेड ट्राइबमा सूचीकृत ‘ताड्वी–भिल’ समुदायकी हुन् ।

ताड्वीले आ*त्मह**त्याको एक हप्तापछि उनको पत्रमा उल्लेखित तीन महिलालाई पक्राउ गरिएको थियो । आमा–बुवालाई पनि सम्बोधन गरिएको नोटमा ताड्वीले यातनाबाट छुटकारा पाउनको लागि उनले आफ्नो विभागबाट कुनै सहयोग नपाएको लेखेकी छिन् । पत्रमा उनले भनिन, ‘म यस संस्थानमा ज्ञान आर्जनको आसा बोकेर आएकी थिएँ ।

तर सुरुदेखिनै यहाँ केही मानिसले हामीलाई दुर्व्यवहार गर्न थाले । यसबारेमा म र स्नेहालले सुरुमा कसैलाई केही भनेनौँ । तर यातना सहन नसक्ने स्तरमा बढेर गयो । मैले यातनाविरुद्ध कदम चाले तर त्यसले पनि कुनै परिणाम ल्याएन ।’ आफुले आफ्नो व्यक्तिगत जीवन, व्यवसायिक जीवन र सबै गुमाएको उनले बताइन् ।

यसको कारण ती तीन साथिहरु भएको भनिएको छ । उनीहरुले अस्पतालमा पढ्न लेख्न नदिने कसम खाएको सुनाएका छन् । पत्रमा ती तीन जनाले आफूलाई पढ्नमा मात्र नभएर चिकित्सकीय अभ्यासमा पनि अवरोध पुर्याएको लेखेकी छिन् । यसबाट आफू मानसिक रुपमा प्रताडित रहेको ताड्वीले लेखेकी छिन् ।

अभियोग पत्रमा सिन्देले सम्झना गरेको अर्को घटनको उल्लेख छ जहाँ अहुजाले ती दुई जना आरक्षणको कारणले मात्र पढ्न पाएको भन्दै गिज्याएकी थिइन् । जुलाई ३० मा बम्बई उच्च अदालतले ती तीन जनाको जमानतमाथि सुनुवाई गर्दैछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।