धनुषा बम विष्फोट : प्रहरी इन्सपेक्टरसहित ३ को मृत्यु,४ गम्भीर घाइते

हाम्रो सन्देश संवाददाता

जनकपुरधाम, २८ मङ्सिर ।

धनुषाको महेन्द्रनगरमा मध्यरातमा भएको शक्तिशाली बम बिस्फोटमा परि घाइते भएका प्रहरी निरिक्षक अमिर दहालको मृत्यु भएको छ । गम्भीर घाइत दहालको धरानस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरीले बताएको छ ।

धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट भएको थियो । महेन्द्रनगरको उत्तरपूर्वतर्फ कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको मृत्यु भैसकेको छ । अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने ४ जनाको अवस्था गम्भीर छ ।

घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहालसहितको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिडभाड हटाउँदै गर्दा बम विष्फोट भएको थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।